सिमकोट-उच्च हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा गत चार दिनदेखि अबरुद्ध हुँदै आएको छ।
दुई दिन लगातार हिमपात हुँदा सिमकोट बिमान स्थल हिउँले सेताम्मे भएको बिमान स्थलको हिउँ फाल्ने कार्य सम्पन्न भएपनि शुक्रबार एक्कासी हावा लागेपछि हवाई सेवा अबरुद्ध भएको हो।
गत मंगलबारबाट हिमपात हुम्ला हुम्ला जिल्लाको हवाई सेवा अबरुद्ध हुँदै आएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताए। उपाध्यक्ष रावतका अनुसार हवाई सेवा अबरुद्ध हुँदा चार दर्जन भन्दा बढी यात्रुहरु सिमकोट मै रोकिएको र त्यसमा केही बिरामी पनि परेका छन्।
मंगलबार र बुधबार लगातार हिमपात भएको र बिहीबार आकाश खुले पनि बिमान स्थलको रन वेमा हिउँ जमेको कारण हवाई सेवा सुचारु हुन नसकेको र शुक्रबार हावाहरीको कारण नागरिक उड्डयान प्राधिकरणको सिमकोट शाखाले जनाएको छ।
हवाई सेवा सुचारु नभएपछि नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रुहरु पनि उतै राकिनु परेको छ। अर्को दैनिक उपभोग्य सामान देखि हरियो तरकारी पनि नेपालगंजर सुर्खेतबाटै हवाई ढुवानी भएर आउने भएको कारण तीन दिन लगातार उडान नहुँदा हुम्लामा त्यसको अभाब हुन थालेको छ।
त्यसैगरी कार्गोका सामानहरु पनि ढुवानी हुन सकेको छैन । अन्य बेला सिमकोट बिमान स्थलमा सीतार तारा र समिट एयरका जहाजहरुले एक दर्जन भन्दा बढी उडानहरु भर्दै आउने गरेका थिए।
बिहीबार आकाश खुलेपछि बिमान स्थलमा जमेको छ इन्ची हिउँ फाल्ने कार्य सम्पन्न भएको थियो । बिमान स्थलको हिउँ फालेर बन्द हवाई सेवा सुचारु गर्न लागिएको हो।
विमान स्थलको हिउँ फाल्ने काममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष रावतको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, नेपाल प्रहरी , सशस्त्र प्रहरी, गाउँ पालिका र ब्यापारीहरुको सहभागिता रहेको थियो।
अहिले बेलुकासम्म हिउँ फाल्ने काम सकिएको र भोलि ११ बजेसम्म बिमान स्थलमा थोरै रहेको हिउँ पग्लिएमा हवाई सेवा सुचारु हुने बिमान स्थलले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































