मापदण्ड विपरीत गुट्खा उत्पादन गर्ने व्यापारीमाथि अनुसन्धान शुरु

मापदण्ड विपरीत गुट्खा उत्पादन गर्ने व्यापारीमाथि अनुसन्धान शुरु
+
-

धनगढी-जिल्ला प्रशासन कार्यालय कैलालीले सुर्तिजन्य पदार्थ (गुट्खा) विक्री वितरण गर्ने व्यापारीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

मापदण्ड विपरीत बजारमा गुट्खा विक्री वितरण भइरहेको पाइएकाले विभिन्न पसलबाट बरामद गरिएका सामाग्रीका आधारमा कार्यालयले अनुसन्धान अघि बढाएको हो।

कार्यालयले माघ २ गतेदेखि १२ गतेसम्म धनगढीका विभिन्न सप्लायर्स तथा किराना पसलबाट मापदण्ड विपरितका गुट्खा बरामद गरेको थियो। धनगढी स्थित भण्डारी ब्रदर्श एण्ड सप्लायर्स, बालाजी सप्लायर्स र रिचा किराना पसल गरि झण्डै छ सय ८९ बोरा गुट्खा बरामद गरिएको थियो।

कार्यालयका अनुसार भण्डारी ब्रदर्श एण्ड सप्लायर्सबाट छ सय ५२ बोरा, बालाजी सप्लायर्सबाट ३६ बोरा र रिचा किराना पसलबाट एक बोरा मेघा श्री नामक गुट्खा बरामद गरेको थियो। टोलीले भण्डारी र बालाजीमा शिल गरेको थियो।

कैलालीकै लम्की चुहामा रहेको देउती गुट्खा इन्डिस्ट्रीजले मेघा श्री नामक गुट्खा उत्पादन गर्दै आएको छ। अनुगमन टोलीले मेघाश्री, शुद्ध प्लस, पुकार र भोला नामक गुट्खा विक्री वितरण गर्दै आएका सप्लायर्स तथा पसलमा छापा हानेको थियो। टोलीले मेघा श्री नामक गुट्खा बरामद गरेपनि अन्य सप्लायर्समा गुट्खा बरामद नगरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने -‘अहिले हामीले गुट्खा बरामद गरेका व्यापारीलाई प्रशासनमा उपस्थित हुन पत्र पठाएका छौं।’ प्रशासनमा शुक्रबार भण्डारी ब्रर्दश एण्ड सप्लायर्सका सञ्चालक उपस्थित भएपनि बयान भने नभएको जनाइएको छ।

सूचना अधिकारी जोशीले भने –‘बयान पछिमात्र को–को विरुद्ध मुद्दा अघि बढाइने भन्ने टुङ्गो लगाइन्छ।’ उनले भने –‘मापदण्ड विपरित गुट्खा उत्पादन तथा विक्री वितरण गर्नेलाई ५० हजार जरिवाना तथा एक वर्ष कैद र दुबै हुन सक्ने व्यवस्था रहेको छ।’

मापदण्ड विपरीतको गुट्खा


जिल्ला प्रशासन कार्यालयमा बजारमा विक्री वितरण भइरहेका चार वटै गुट्खाका विरुद्ध उजुरी परेपछि मंसिर २ गतेदेखि अनुगमन गरेको थियो। अनुगमन गर्दा तीन ठाउ“बाटै मेघा श्रीका बोराहरुमात्र बरामद गर्यो।

पुकार, शुद्ध प्लस र भोलाका सप्लायर्समा टोली पुग्दा कुनै पनि गुट्खा राखिएको फेला परेन्। मेघा श्री नामक गुट्खाले जसरी जनचेतनामुलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने थियो त्यो अनुसार नगरेको अनुगमन टोलीले फेला पारेको थियो। तर, मेघा श्री जस्तै शुद्ध प्लस पनि रहेको छ। शुद्ध प्लसले पनि यी व्यवस्थाको उल्लंघन गरेको टोलीमा रहेको एक व्यक्तिले जानकारी दिए।

उनले भने –‘शुद्ध प्लसको सप्लायर्समा जा“दा गोदाम रित्तै थियो। अनुगमन टोली आउ“दैछ भनी कस्ले जानकारी दियो भन्नेमा आशंका पैदा भएको छ।’

के उद्योगसम्म पुग्छ त प्रशासन ?


अहिलेसम्मकै अवस्था हेदा प्रशासन कार्यालयले सप्लायर्स र पसलमाथि अनुसन्धान अघि बढाएको छ। प्रशासनकै मुद्दा शाखाका व्यक्तिले नाम नराख्ने सर्तमा ‘उत्पादन तथा विक्री वितरण गर्नेलाई पनि कारबाही गरिने व्यवस्था’ रहेको प्रतिक्रिया दिए।

विक्री वितरण भन्नाले सप्लायर्स तथा पसलहरु आउँछन भने उत्पादन भन्नाले उद्योगलाई जनाउ“छ। तर, प्रशासनका सूचना अधिकारी शिवराज जोशीले भने–‘बरामद भएका सप्लायर्सका बयानका आधारमा थप प्रक्रिया अघि बढ्छ।’

प्रशासनकै स्रोतले भन्यो –‘मेघा श्रीले मापडण्ड अनुसार जनचेतनामुलक सन्देश र चित्र उल्लेख नगरेको फेला परेपछि संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले उद्योगमा अनुगमन गर्ने जनाएको थियो तर, अहिलेसम्म मन्त्रालयबाट कुनै सुरसार भएको छैन्।’

यस्तो छ व्यवस्था


सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद ३ मा सूर्तिजन्य पदार्थको उत्पादन तथा बिक्री वितरणको बुदा ९ मा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नु पर्ने व्यवस्था छ।

सोको (१) मा भनिएको छ ‘उत्पादकले सूर्तिजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिंग र लेबुलको बाहिरी कुल भागमध्ये कम्तीमा पचहत्तर प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रंगिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नु पर्ने छ।’

यस्तो छ उत्पादन


कैलालीकै लम्की चुहामा रहेको देउती गुट्खा इन्स्ट्रीजले मेघा श्री नामक गुट्खा (सुर्तिजन्य पदार्थ) उत्पादन गर्दै आएको छ।

सो गुटखाको एक प्याकेटको अगाडि भागमा ठुलो अक्षरले गुट्खाको नाम, बनेको मिति, कम्पनिको नाम लगायतका कुरा उल्लेख छन भने पछाडी पट्टी ‘सुर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ’ भन्‍ने जनचेतनामुलक सन्देश, रंगिन चित्र राखिएको छ।

छ सेन्टिमिटर लामो प्याकेटको आधा भागमा मात्र सचेतनामुलक सन्देश उल्लेख गरिएको पाइएको अनुगमनमा संलग्न टोलीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?