माइनस तापक्रममा एसइई परीक्षाको तयारी गर्न विद्यार्थीलाई सकस

माइनस तापक्रममा एसइई परीक्षाको तयारी गर्न विद्यार्थीलाई सकस
+
-

सिमकोट – आगामी चैत्र महिनामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ( एसइई ) को तयारी गर्दै गरेका विद्यार्थीहरुलाई चिसोको सास्ती खेप्नु परेको छ ।

पटक पटक गरि लामो समयसम्म हिमपात हुँदा तापक्रम माइनस पुगेपछि बिहान बेलुका परीक्षाको तयारीका लागि ट्युसन कक्षा पढिरहेका विद्यार्थीहरुलाई चिसोले सताएको हो ।

बिहानै माइनस तापक्रममा एसइईको तयारीका लागि ट्युसन पढ्न निक्कै कठिन भएको मानसरोवर माविका विद्यार्थी सुनाम छैकित लामाले बताइन् । चिसोले थरथरी कामेर विद्यार्थीले तयारी कक्षामा अध्ययन गर्नु परिरहेको उनले सुनाइन । बाक्ला खाले कपडा लगाएको भएपनि चिसो धेरै भएकोले जाडो नथेगेको उनले बताइन् । कठ्याङ्ग्रिदो जाडोमा थुरथुर शरीर काँपेर पढ्न परिरहेको उनले बतान् ।

यता सोही परीक्षाको तयारी गरिरहेका आनन्द ऐडीले पनि एसइईका लागि ट्युसन पढ्न हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुलाई निक्कै गाह्रो भएको बताए । चिसोले ध्यान अन्त जाने भएका कारण कहिलेकाहीँ त पढेको पनि नबुझिने उनी बताउँछन् । कक्षा कोठा बाहिर सेताम्मे हिउँ भित्र चिसोमा पढ्न विद्यार्थीहरुको बाध्यता रहेको छ ।

१२० जना विद्यार्थीहरुलाई अंग्रेजी बिषय अध्यापन गराई रहेका मान सरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले चिसोको कारण यस वर्ष विद्यार्थी र शिक्षक दुवैलाई कठिन भएको बताए ।

हुम्ला लगायतका क्षेत्रमा यस वर्ष पटक पटक गरि आठ पटक हिमपात भै सकेको छ । तापक्रम माइनस १७ डिग्रीसम्म पुगेको थियो । यस पटकको एसइई परीक्षामा हुम्ला जिल्लाबाट ८१२ जना विद्यार्थीहरुले सहभागिता जनाउदै छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’