
अ
+
अ
अ
-
धनगढी– सुत्केरी भएपछि स्वास्थ्यमा समस्या हुँदा सिकिस्त बनेकी एक महिलाको नेपाली सेनाकाे जहाज (स्काई ट्रक) मार्फत उद्धार गरी काठमाडौँ लगिएको छ।
डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको नेपाली सेनाको जहाजमार्फत उद्दार गरिएको हो।
शनिबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्याधिक रक्तश्राव भएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।
धनगढीमा उपचार सम्भव नभएपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा उनलाई मंगलबार उद्धार गरी काठमाण्डौँ पठाइएको आफन्त पदम भण्डारीले बताए।
सुत्केरी भएपछि अत्याधिक रक्तश्राव समस्याका कारण ती महिलाको ज्यान जोखिममा परेका स्वास्थ्कर्मीले जनाएका छन्।