चाँडै दोस्रोपल्ट मृगौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली

चाँडै दोस्रोपल्ट मृगौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै दोस्रो पल्ट मृगौला प्रत्यारोपण गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग मंगलबार भएको भेटघाटमा उनले उक्त जानकारी दिएका हुन्।

तर नेपालमा वा विदेशमा कहाँ प्रत्यारोपण गर्ने भन्नेबारे उनले खुलाएनन्। १२ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका ओलीको मृगौलाले स्वभाविक काम गर्न छोडेपछि विगत ७ महिनायता नियमित डायलासिसमा छन्।

म‌ंसिरमा एपेन्डिसाइटिस फुटेपछि उनको शल्यक्रिया गरिएको थियो।  त्यो घाउ ठिक हुन कम्तिमा दुई महिना लाग्ने र त्यसपछि मात्र मृगौला प्रत्यारोपण गर्नेबारे सोच्न सक्ने चिकित्सकहरुले बताएका थिए।

आफ्नो स्वास्थ्यबारे आश्वस्त रहेका ओलीले भने, ‘म अर्को एउटा किड्नी थप्दै छु र पूर्णरुपमा स्वस्थ भई सहजताका साथ बाँकी तीन वर्ष प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्नेछु।’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’