सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीमा डेढ वर्षमा पनि बनेन ‘डम्पिङ साइट’

सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीमा डेढ वर्षमा पनि बनेन ‘डम्पिङ साइट’
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

नगर भित्रको फोहोरमैला व्यवस्थापन गर्नका लागि एक निश्चित फोहोरमैला व्यवस्थापन केन्द्र अर्थात (डम्पिङ साइट) नहुँदा फोहोरमैला व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो।

एसियाली विकास बैंकको ऋण अनुदानमा क्षेत्रिय सहरी विकास आयोजनाले निर्माण गर्ने पूर्वाधार अन्तर्गत गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो लगाएको एक वर्षभन्दा बढी भइसकेकाे छ।

नगरपालिकाले गत वर्ष फोहोरमैला व्यवस्थापन केन्द्रका लागि गोदावरी नगरपालिका वडा नम्बर–३ चौकिडाँडास्थित गोदावरी नदी नजिकै चौकिडाँडा महिला सामुदायिक वनको १९ कठ्ठा जमिन छनोट गरेको थियो।

सामुदायिक वन परिसरमा पर्ने नदी किनारको खाली जग्गालाई सदुपयोग गर्दै फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने वनसँग सहमति पनि भएको थियो। तर जग्गाको टुङ्गो लागेको र सहमति भएको लामो समय बितिसक्दा पनि फोहोरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक पूर्वाधारहरु निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन।

फोहोरमैला व्यवस्थापन केन्द्रमा एकीकृत प्रणालीमार्फत फोहोर व्यवस्थापन गरिने बताए पनि अहिलेसम्म कुनै पनि कामहरु अघि बढ्न नसकेको हो। सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीसँग जोडिएको अत्तरिया क्षेत्र आसपास पछिल्लो समयमा नयाँ–नयाँ उद्य‌ाेग, कलकारखाना, विभिन्न खाले पसलहरु स्थापना हुनुका साथै जनघनत्व पनि बढ्दै जान थालेको छ।

यद्यपि गोदावरी नगरपालिकाले नगर भित्र व्यवस्थित डम्पिङ साइट बनाउन नसक्दा समस्या हुन थालेको हो। अहिले गाउँघर तथा बजार क्षेत्रबाट निस्कने फोहोरलाई नगरपालिकाको ट्र्याक्टरमार्फत डम्पिङ साइट बन्ने भनिएको गोदावरी खोलाको किनारमा अस्तव्यस्त रुपमा फाल्ने गरिएको छ। जसले गर्दा दुर्गन्ध फैलिएको छ। २०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ।

उक्त ऐनका प्रावधान अनुसार हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही गरिने व्यवस्था पनि रहेको छ। गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले डम्पिङ साइट निर्माणको प्रकृया अघि बढिसकेको बताए।

उनले डम्पिङ साइटलाई दीर्घकालिन र व्यवस्थित बनाउनका लागि अहिले कानुनी प्रक्रिया अनुसारको काम भइरहेको बताए। क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका इन्जिनियर बृजलाल चौधरीले फोहोरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार निर्माणका लागि कागजी प्रकृया अगाडी बढिरहेको बताए।

उनले सो ठाउँको आईई सर्भे गरेर मन्त्रालयमा पठाएको र स्वीकृत हुने बित्तिकै काम अघि बढ्ने बताए। डम्पिङ साइट बनेमा घरघरबाट फोहोर संङ्कलन गरी कुहिने फोहोरबाट जैविक मल तयार पारिने, सिसाका बोतललाई निर्मलीकरण गरी पुनः प्रयोग गर्न सकिने बनाइने र बाँकी फोहरलाई मात्रै डम्पिङ गरी व्यवस्थापन योजना रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?