सुदूरपश्चिमका तीन अस्पतालमा कोरोना भाइरसको छुट्टै उपचार कक्ष

सुदूरपश्चिमका तीन अस्पतालमा कोरोना भाइरसको छुट्टै उपचार कक्ष
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले चीनमा फैलिएको कोरोना भाइरसको सुदूरपश्चिममा संक्रमण हुन नदिन तयारी शुरु गरेको छ।

प्रदेशमा कोरोना भाइरस फैलिन नदिनका लागि आवश्यक पर्ने पूर्वतयारी थालिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

मन्त्री सुवेदीका अनुसार मन्त्रालयले धनगढी विमानस्थलमा यात्रुहरुलाई लक्षित गर्दै हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा शनिबार भएको छलफलमा मन्त्रालयका तर्फबाट स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए।

कार्कीले मुख्यमन्त्री भट्टलाई कोरोना भाइरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने, सेती प्रादेशिक अस्पताल, महाकाली र टीकापुर अस्पतालमा चेकजाँचका लागि छुट्टै वार्ड स्थापना गर्ने तयारी गरिएको जानकारी गराएका थिए।

कार्कीले मन्त्रालयले मातहतका जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल लगायतका निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न, मानिसहरुको बढी भीडभाड हुने क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरिने, ज्वरोका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्न र कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सबै पूर्वतयारी गर्न आवश्यक निर्देशन दिइसकेको विषयमा पनि मुख्यमन्त्रीलाई जानकारी गराएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?