
सिमकोट-गर्भवती महिलाहरुलाई उपचारमा सहजता ल्याउनका लागि निर्माण गरिएको प्रसूती गृह प्रयोग मै नआइ जीर्ण भएको छ।
प्रसूती गृहका लागि भवन बने पनि आवश्यक उपकरण तथा मेशिनको व्यवस्था नहुँदा प्रसूती गृहमा जथाभावी फोहर फाल्ने र ढुङ्गाले हिर्काउदा जीर्ण अवस्थामा पुगेको हो।
प्रसूती गृह बनेको पाँच बर्ष भन्दा बढी समय भएपनि कहिल्यै प्रयोगमा नआएको स्थानीय लाल प्रसाद जैसीले बताए।के कति कारणले निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको हो भन्दै उनले अहिले त गर्भवती महिलाहरु ब्यथा लागेपछि समस्या हुने गरेको छ।
चंखेली गाउँपालिकाको दार्म स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै उक्त प्रसूती गृह पनि बनेको हो। भवन भएर मात्र नहुँने बताउदै स्वास्थ्य चौकीका इन्चार्ज रुद्र बहादुर ऐडीले प्रसूती गृहका लागि आवश्यक मेहिन तथा सामाग्रीको अभावले प्रयोगमा आउन नसकेको बताए।
उनका अनुसार केही समय अगाडी स्वास्थ्य चौकीमा सरुवा भएर आएका ऐडीले प्रसूती गृहका लागि एक थान बेड, अटोल्विप र स्टेलाईजर बाहेक अन्य सामाग्री नहुँदा प्रसूती गृह सञ्चालनमा आउन नसकेको हो।
नयाँ बनेको भवन पनि फोहोर जम्मा गर्ने स्थान र शौचालयमा परिणत भएको अबस्थामा आफूले बुझेको उनले बताएका थिए। स्वास्थ्य चौकीमा भएको प्रसूती गृह प्रयोगमा नआएपछि स्वास्थ्यकर्मीहरु घरघरमा गएर सेवा प्रदा गर्दै आएको बताउदै ऐडस्ले बस्ती भन्दा एकान्त स्थानमा रहेको भवनलाई जथाभावी ढुङ्गाले हानिदा गाह्रो पनि फुटेको अवस्थामा रहेको बताए।
भएको प्रसूती गृह प्रयोगमा नआउँदा अहिले जीर्ण अवस्थामा पुगेको भएपनि वडा तथा गाउँपालिकालाई त्यसलाई प्रयोगमा ल्याउनेतर्फ सोच नै नभएको उनले बताए। आफू आउने बित्तिकै यसलाई मर्मत गरेर प्रयोगमा ल्याउनका लागि गाउँपालिकालाई पत्रचार गरेको भएपनि कुनै सुनुवाई नै हुने गरेको छैन।