हिमपातले दुई महिनादेखि आन्तरिक यातायात बन्द

हिमपातले दुई महिनादेखि आन्तरिक यातायात बन्द
+
-

सिमकोट-आन्तरिक रुकुम सञ्चालन हुँदै आएका एक दर्जन यातायातका साधनहरु दुई महिनादेखि बन्द भएका छन्।

पटक पटकको हिमपात पछि सडकमा हिउँ जमेको कारण बिगत दुई महिना देखि जिल्लाको आन्तरिक रुपमा सञ्चालन हुँदै आएको यातायात सेवा बन्द भएको हो।

हिमपात कै कारण दुई महिना देखि जिल्ला भित्रको एक देखि अर्को पालिकासम्मको यातायात सेवा बन्द रहेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।

पाँच वटा महिन्द्रा बोलेरो जीप सञ्चालन गर्दै आएको प्रालिले दुई महिनादेखि गाडीहरु थन्किएर बस्दा घाटा सहेर बस्नु परेको उहाँले बताउनु भयो । एउटा गाडीले महिनामा दुई लाख रुपियाँसम्म कमाई गर्ने गर्छन्।

अहिले गाडीहरु थन्किएको र चालकलाई मात्र पाल्ने काम भै रहेको अध्यक्ष रावतले बताएका हुन।सदरमुका सिमकोटबाट १२ किलो मिटर दुरीको खार्पु, १५ किलो मिटर दुरीको हेक्पा खोला र आठ किलो मिटरका ठेहे गाउँसम्म ती गाडीहरु सञ्चालन हुँदै आएका थिए।

गाउँपालिकाको लगानीमा निर्माण भएका यी सडकहरुमा दैनिक चार देखि पाँच ट्रिप गाडी चल्ने गर्दै आएका थिए। खार्पुनाथ यातायात प्रालि बाहेक अन्य तीन वटा बोलेरो जीप पनि सञ्चालन हुँदै आएका थिए।

त्यसैगरी यी रुटमा एक दर्जन ट्याक्टर पनि चल्दै आएका थिए । हिमपातले सडक अबरुद्ध हुँदा सबै यी यातायातका साधनहरु थन्किएर बसेका छन् । बरु चिसोले गाडीहरुको अबस्था कस्तो भएको छ उल्टै चिन्ता थपिएको अर्को गाडी मालिक चिन बहादुर रावतले बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’