कोरोना भाइरसबाट बच्न विमानस्थलमै ‘क्वारेन्टाइन’ निर्माण गर्नुपर्छ

कोरोना भाइरसबाट बच्न विमानस्थलमै ‘क्वारेन्टाइन’ निर्माण गर्नुपर्छ
+
-

चीनमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म २ हजार ४ सय ४२ जनाको मृत्यु भइसकेको छ। यस्तै ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

कोभिड–१९ले चीनमा मात्र नभई दक्षिण कोरियालाई पनि आतंकित बनाएको छ। त्यहाँ ५ जनाको मृत्यु भएको छ भने साढे ५ सय मानिस संक्रमित भएका छन्। यस्तै जापान, इटाली, अमेरिका लगायत विभिन्न देशमा कोभिड–१९ फैलिएको छ।

कोभिड–१९ को नेपालमा जोखिम र व्यवस्थापनबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तगर्तको महामारी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीसँग देश सञ्चारका लागि गरिएकाे कुरानकानीकाे सम्पादित अंश:

कोरोना भाइरस भनेको के हो?
कोभिड –१९ नितान्त नयाँ पशुबाट मानिसमा सरेको भाइरस हो। यो भाइरस यत्तिकै बाँच्न नसक्ने र यसको स्वतन्त्र अस्तित्व नहुने हुँदा यो कि मानिसमा कि पशुपंक्षीमा प्रवेश गर्छ। ३० वर्षयता लागेका नयाँ रोगमध्ये ७५ प्रतिशत रोगहरु पशुबाट मानिसमा लागेको छ।

जोखिम न्यूनीकरणका लागि नेपालको तयारी पर्याप्त छ?
चीन र नेपाल छिमेकी देश अर्थात खुला सीमाना भएको देश भएका कारणले गर्दा पनि नेपालमा यो फैलन सक्ने उच्च सम्भावना छ। नेपालमा चीनबाट पर्यटक आउने संख्या धेरै भएकाले सर्तकता अपनाउन अति आवश्यक छ। तर नेपालको सन्दर्भमा हेर्ने हो भने यसको जोखिम व्यवस्थापनका लागि आवश्यक सेवा सचालन तथा विस्तार हुन सकेको छैन।

यो संक्रमण भएमा कस्ता कस्ता लक्षणहरु देखा पर्छन्?
८० प्रतिशत मानिसलाई यसका लक्षणहरु कडा खालको देखिँदैन। यस्तो खालको लक्षणमा उच्च ज्वरो, खोकी, र श्वास फेर्न गाह्रो हुनेगर्छ तर २० देखि २५ प्रतिशत मानिस भने उच्च ज्वरो, टाउको दुख्ने र खोकीका साथसाथै हल्का बेहोस पनि हुने गर्छन्।

विमानस्थल र नाकाहरुका हेल्थ डेस्क प्रभावकारी छन् त?
टेकुमा प्रयोगशाला बनाउने काम पनि पूरा गर्न सकेको छैन्। ३/४ वर्ष अघि वीरगञ्ज, काँकडभित्तामा सञ्चालनमा आएका हेल्थ डेस्कहरु पनि हाल बन्द अवस्थामा छन्। वास्तवममा भन्ने हो भने नेपालको क्षमता र तयारी दुवै कमजोर छ। विमानस्थल भित्रै क्वारेन्टाईनको व्यवस्था हुनुपर्छ। यदि एयरपोर्टमा आएर मानिस संक्रमित भएको थाहा पाएको अवस्थामा के गर्ने भनेर हामीले त्यसबारे सोचेका छैनौँ।

यो भाइरसबाट जोगिन के कस्तो सावधान अपनाउने ?
साबुनपानीले हात धुने, एक अर्कासँग हात नमिलाउने, जथाभावी थुक्न नहुने, मास्क र पन्जा लगाउनुपर्ने, ज्वरो र खोकी लागेको मानिससँग सँगै नसुत्ने, संक्रमित भन्दा एक मिटर पर बस्दा सर्ने संभावना कम हुने गर्छ।

भिटामिन सी प्राप्त हुने खाने कुरा खाएमा यो संक्रमण फैलिदैन भनिन्छ के यो साँचो हो ?
भिटामिन सी खाएमा रुघा खोकी लाग्दैन भनेर हामीले बच्चैदेखि सुन्दै आएको कुरा हो। भिटामीन सी र यस भाइरसको ट्रायल पनि भइसकेको छ तर रिपोर्टमा यसको सम्बन्ध देखिँदैन भनेर आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?