आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपकाे सेमिफाइनलमा

आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपकाे सेमिफाइनलमा
+
-

धनगढी– सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु भएका छन्। धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो चरणमा ‘बाई’ पाएर क्वाटरफाइनल पुगेको सुदूरपश्चिम–११ ले भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ गाेल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो। सुदूरपश्चिमको जितमा विक्रम सिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे। कञ्चनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक–एक गोल फर्काए।

खेलको १० औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो। उद्धव खत्रीको पासमा विक्रमले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे। १९ औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता २–० को बनाए। कञ्चनजंघाका गोलरक्षक निगम सिंह अगाडी बढेको अवस्थामा फिलिपले सहजै खाली पोष्टमा गोल गरे।

खेलको २३ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक सुदूरपश्चिम ३–० गाेलले अघि रह्यो। उनले पुन: उद्धवको पासलाई सदुपयोग गरे। २८ औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कञ्चनजंघाले अग्रता ३–१ मा झार्‍यो। सुदूरपश्चिमका धनबहादुर थापाले डिबक्स भित्र अमिर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे।

खेलको ३९ औं मिनेट कञ्चनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिएको थियो।

खेलको ४६ औं मिनेटमा दिपेशले गोल गर्दै सुदूरपश्चिमलाई ४–२ को सहज जित दिलाए। दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे। त्यसपछि दुवै टीमले गोल गर्ने प्रयासहरु गरे पनि सफल हुन सकेनन्। खेलको म्यान अफ दि म्याच आयोजकका बिक्रम चुनिए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे।

खेलपछि प्रतिक्रिया दिँदै आयोजक सुदुरपश्चिम–११ का प्रशिक्षक रोहित भण्डारीले सोचे अनुसारको नतिजा भएपनि खेलाडीहरु केही नयाँ भएकोले तालमेल राम्ररी मिल्न नसकेको बताए।

विभागिय टीमसँग खेल्न गाह्राे भएपनि आफूहरु राम्रो खेल्ने प्रशिक्षक भण्डारीको भनाइ छ। कञ्चनजंघा फुटबल क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले राम्रो खेलेको भन्दै खेलको सुरुवातमा भएका गल्तीका कारण जितबाट बन्चित भएको बताए।

उनले भने, ‘डिफेन्डसको गल्तीले खेलको सुरुमै तीन गोल खायौँ। गोलकिपर पनि पहिलो खेलमा घाइते भएका कारण उसले राम्रो खेल्न सकेन।’

पहिलो पटक सुदूरपश्चिममा गोल्डकप खेल्न आएको भारतको कञ्चनजंघा फुटबल क्लबले उद्घाटन खेलमा वागमती युवा क्लबलाई टाईब्रेकरमा हराएको थियो। क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले देशकै उत्कृष्ट मध्यको गोल्डकपको बारेमा युट्युवमा हेरेर प्रतियोगिता खेल्न आएको र आगामी दिनमा पनि आउने बताए।

अब सुदूरपश्चिम–११ ले फाइनल प्रवेशको लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बुधबार थ्री स्टार र नव जनजागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?