थ्रीस्टार क्लब खप्तड गोल्डकपकाे सेमिफाइनलमा

थ्रीस्टार क्लब खप्तड गोल्डकपकाे सेमिफाइनलमा
+
-

धनगढी– थ्री स्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा जित हात पार्दै  थ्री स्टार अन्तिम चारमा पुगेको हो। पहिलो चरणमा ‘बाई’ पाएर क्वाटरफाइनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृती क्लबलाई २–० ले हराएको हो।

थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो।

खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेडमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे। खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए। उनले नगद १० हजारसहित ट्रफी पाए।

अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन्।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

धनगढी रगशालामा भइरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?