डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा आउँदै

डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा आउँदै
+
-

काठमाडौं-शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमी ए सिरिजको अर्को नयाँ सिरिज एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा सार्वजनिक हुने भएको छ।

रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा भएको  स्मार्टफोन आउन लागिएको हो। यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ।

हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ। यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ।

रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो। औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ।

६.२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९:९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ। यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ।

यसले टाइप-सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ। पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ। ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ। डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ।

रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कर्निग गोरिला ग्लास ५ र  न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ।

यो स्मार्टफोनको मूल्‍य १२ हजार ९ सय ९९ रहेको छ भने ३ जीबी र्‍याम र ३२ जीबी मेमोरी रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?