थ्रीस्टार क्लब खप्तड गोल्डकपकाे फाइनलमा, उपाधि भिडन्त आयाेजक सुदूरपश्चिमसँग

थ्रीस्टार क्लब खप्तड गोल्डकपकाे फाइनलमा, उपाधि भिडन्त आयाेजक सुदूरपश्चिमसँग
+
-

धनगढी– थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ। धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले फाइनलमा स्थान बनाएकाे हाे।

धनगढी रंगशालामा भएकाे खेलमा थ्रीस्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे।

उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरे। अशोक खवासको कर्नरमा डिबक्स भित्र रहेका आशिषले सहजै गोल गरे। जुन गोल थ्री स्टारको लागि निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच थ्रीस्टारका अनन्त तामाङ चुनिए। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे।

फाइनल प्रवेश गरेपछि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले पाएको अवसरमा गोल गर्न सफल भएको बताए।

यस्तै शेर्पाका व्यवस्थापक सुशील तामाङले गोल ननिस्किँदा हार्नु परेको बताए। ‘राम्रो खेल खेल्दाखेल्दै गोल निस्केन। मौका पाएको हो’, उनले भने, ‘भाग्य पनि रहेनछ। खेलाडीले सोचे जस्तो खेले।’

अब थ्रीस्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लबको सामना गर्नेछ। शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक सुदूरपश्चिमले पहिलाे पटक फाइनलमा स्थान बनाएकाे हाे।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया प्रदान गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?