आफ्नो निर्णयमा एक दिन पनि टिक्दैन धनगढी उपमहानगरपालिका

आफ्नो निर्णयमा एक दिन पनि टिक्दैन धनगढी उपमहानगरपालिका
+
-

धनगढी– हचुवाका भरमा निर्णय गर्दा धनगढी उपमहानगरपालिकाले पटक–पटक आफूले गरेका निर्णय एक दिनमै उल्ट्याउने गरेकाे छ। समय, विषयवस्तु र अवस्थाको अध्ययन नगरी भावनामा बगेर निर्णय गर्ने गरेकाले उपमहानगरपालिका समस्यामा पर्ने गरेको हाे।

पछिल्लो पटक शुक्रबार मात्रै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)लाई लिएर फागुन २५ देखि धनगढीका विद्यालय बन्द गर्ने निर्णयबाट उपमहानगरपालिका पछि हटेको छ। कोरोनाबाट जोगिन भन्दै शुक्रबार अनिश्चिकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिका लगत्तै शनिबार पुनः निर्णय फिर्ता लिएको छ।

शुक्रबार सरोकारवालाको सुझाव अनुसार कोरोनाको संक्रमणबाट जोगिन नगर क्षेत्रका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको सूचना प्रकाशित गर्ने उपमहानगरले २४ घण्टा नबित्दै शनिबार सरोकारवालाको सुझाव अनुसार शुक्रबार गरिएको निर्णय फिर्ता लिएको सूचना जारी गरेको छ। यससँगै उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई यथाशिघ्र परिक्षा सञ्चालन गरी चैत ५ भित्र सम्पन्न गर्न निर्देशनसमेत दिएको छ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा सम्पन्न गर्न परिपत्र गरेको भन्दै शनिबार सरोकारवालासँगको बैठकपछि विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए।

यसपटक मात्र हाेइन यसअघि पनि उपमहानगरले आफूले गरेको निर्णय पटक–पटक फिर्ता लिने गरेको छ। यसै वर्षको चिसोयाममा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै पुस १४ गतेदेखि १८ गतेसम्म जाडो बिदा दिएको थियो। तर १५ गते घाम लागेपछि उपमहानगर त्यसबाट पछि हटेर विद्यालय संचालन भएका थिए।

त्यस्तै गत जेठमा पनि गर्मीले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै उपमहानगरपालिकाले एक साता नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर निर्णय गरेको भोलिपल्टै अन्य सरोकारवाला निकायले नगरपालिकाले हचुवाका भरमा बिदा गरेको, गर्मी नरहेको भनेर विरोध गरेपछि निर्णय फिर्ता लिएको थियो। यी वाहेक अरुबेला पनि उपमहानगरपालिकाले यस्ता निर्णय गरेर लगत्तै फिर्ता लिने गरेको छ।

उपमहानगरले गर्ने यस्ता निर्णयका बारेमा सरोकारवाला सामाजिक सञ्जालदेखि उपमहानगर पुगेरै आलोचना गर्ने गरेका छन्।

‘धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड भावनामा बगेर निर्णय गर्ने गर्दछन्’, उपमहानगरपालिकाकै एक कर्मचारीले भने, ‘जसका कारण यस्ता खालका  निर्णयहरु प्राय: फिर्ता लिनु परिरहेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?