
धनगढी – बैतडीको तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । मेलौली नगरपालिका वडा नम्बर ९ असुर बस्ने रामबहादुर लुहारकी ८ वर्षीया अपाङ्गता भएकी छोरी सीता लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मंगलबार बिहानै ओछ्यानमा सुतेकै अवस्थामा चितुवाले तानेर लगेको र घर नजिकै ५ सय मिटर पर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्लीनारायाण पण्डेयले बताए ।
गत साता मात्रै एक बालकलाई चितुवाले घाइते बनाएको थियो । तल्लो सोराड क्षेत्रमा २०६४ सालदेखि हालसम्म चितुवाको आक्रमणबाट २५ जानाको ज्यान गइसकेको छ ।