पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा
+
-

कास्की-निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन्।

क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए। कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उनले जानकारी दिए।

प्रमुख मुनाकर्मीले भने, ‘चीनबाट आउनुभएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आउनुभएको छ। नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कनुहुन्छ।” यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उनको भनाइ छ । उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए।

सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए। सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले जानकारी दिए।

हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १९० चिनियाँ र २८० नेपाली कार्यरत छन्। हाल देखिएको कोरोना सङ्क्रमणका कारण एक महिना राम्रोसँग काम हुन नसकेको उनको भनाइ छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले चिनियाँ कामदारको अवस्था सामान्य रहेको र थप सतर्कताका लागि मात्र १० दिन क्वारेन्टाइनमा राख्ने गरेको जानकारी दिए। हाल कोरोना भाइरस र पूर्वरोकथामको लागि १० विषयगत समिति बनाएर कार्य विवरणसहित परिचालन गरिएको डा शर्माले बताए।

यस क्षेत्रका चार अस्पताल जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा २०, चरक मेमोरियलमा ३०, गण्डकी अस्पतालमा १५ र मनिपालमा १५ गरी कूल ८० आइसोलेसन बेड तयारी अवस्थामा रहेको जानकारी उनले दिए। पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखिएको र गण्डकी प्रदेश हालसम्म सुरक्षित रहको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?