
काठमाडौँ- अध्यागमन विभागले नेपालमा रहेका सबै अन्तर्राष्ट्रिय विमान कम्पनीका प्रतिनिधिहरुलाई छलफलका लागि बिहीबार बोलाएको छ।
शुक्रबारदेखि युरोप, मध्य एसिया, खाडी क्षेत्रसहित जापान र कोरियासमेतबाट नेपाल आउन प्रतिबन्ध लगाइने र ती देशहरुमा ट्रान्जिटसमेत पार्न नपाइने निर्देशन बुधबार सरकारले दिएपछि अध्यागमन विभागले विदेशी एयरलाइन्सहरुलाई वार्ताका लागि बोलाएको हो।
अध्यागमन विभागले नयाँ प्रावधानबारे जानकारी गराउने र उडान रोक्का हुनेबारे पनि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुसँगको बैठकमा जानकारी गराउनेछन्।