
काठमाडौँ- कोभिड संक्रमणको बढ्दो जोखिमका कारण सरकार तथा सबै सार्वजनिक निकायले विशेष तयारी गरिरहेका बेला नेपाली सेनाले २० शैय्याको विशेष आइसियु थप्ने भएको छ।
सरकारले यसका लागि स्वीकृति दिइसकेको र खरिद प्रक्रिया अघि बढिसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
यसका लागि सरकारले स्वीकृति दिइसकेको छ।
सेनाको यो थप आइसियु शैय्या छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा रहनेछ।
यी आइसियु विशेष सुविधासहितको हुने पनि प्रवक्ता पाण्डेले जानकारी दिए।