कोरोना भाइरसबाट अति प्रभावित इटालीको लोम्बार्डीमा एक्लै निस्कन पनि प्रतिबन्ध

कोरोना भाइरसबाट अति प्रभावित इटालीको लोम्बार्डीमा एक्लै निस्कन पनि प्रतिबन्ध
+
-

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको इटालीको लोम्बार्डी क्षेत्रमा संक्रमण रोक्ने प्रयास स्वरुप अति कडा नियम लागु गरिएको छ ।

नयाँ नियम अनुसार घर बाहिर एक्लै गरिने खेलकुद वा शारीरिक गतिविधि पनि प्रतिबन्धित भएको छ । स्थानीय प्रशासनले शनिबार अबेर यो नियम लागु गरेको हो ।

भेन्डिङ मसिन (पानी, खाना, सिक्कासहितका सामग्री डिस्पेन्स गर्ने मसिन) को प्रयोगमा पनि प्रतिबन्ध लागेको छ । शनिबार एकै दिन इटालीमा कोरोना भाइरसका कारण झण्डै ८०० जनाको मृत्यु भएपछि नयाँ नियम लागु गरिएको हो ।

इटलाीमा अहिलेसम्म कोरोना भाइरसका कारण चार हजार ८२५ जनाको मृत्यु भएको छ । लोम्बार्डी क्षेत्रमा मात्रै ज्यान गुमाउनेको संख्या तीन हजार ९५ रहेको छ ।

अत्यावश्यक बाहेकका सामग्रीको बिक्री वितरण रोक्न पनि आग्रह गरिएको छ । अस्पताल, बाटो तथा रेलवे बनाउने बाहेकका निर्माण कार्य पनि बन्द गरिएका छन् । यस्तै साप्ताहिक खुला बजारहरु पनि तत्कालका लागि बन्द गरिएका छन् । लोम्बार्डी क्षेत्र मार्च ८ देखि लकडाउन छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?