
देश सञ्चार
चैत ९, २०७६

अ
+
अ
अ
-
काठमाडौँ- कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि भारत सरकारले सबै रेल सेवा बन्द गरेकाे छ।
भारत सरकारले आइतबार दिउँसाे यो निर्णय गरेकाे हाे।
भारत सरकारले सबै मेट्रो रेलहरु पनि बन्द गरेकाे छ।
त्यस्तै अन्तर्राज्यीय बस सेवाहरु पनि मार्च ३१ तारिखसम्म बन्द गरेकाे छ।
भारतमा आइतबार दिउँसाेसम्म ३३२ संक्रमित भेटिएका छन् भने ६ जनाकाे निधन भएकाे छ।

