कोरोना त्रासले उपत्यका छाड्ने झण्डै ९ लाख

कोरोना त्रासले उपत्यका छाड्ने झण्डै ९ लाख
+
-

काठमाडौँ – सरकारले सोमबारदेखि लागु हुने गरी लामो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि लाखौँ मानिसले काठमाडौँ छाडेका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि गत बुधबार सरकारले गरेको यस्तो निर्णयपछि राजधानी छाडेर गृहक्षेत्र फर्कनेहरुको संख्या ह्वात्तै बढेको हो ।

सरकारी घोषणापछि आइतबार दिउँसोसम्म झण्डै ८ लाख  भन्दा धेरै मानिसले काठमाडौँ छाडेका छन् । शनिबारसम्म ७ लाख भन्दा धेरै मानिसले उपत्यका छोडेका थिए । स्कुल कलेज लगायत अत्यावश्यक बाहेकका कार्यालयहरु चैत मसान्तसम्म बन्द गर्ने सरकारी निर्णयपछि गृहक्षेत्र फर्कनेहरुको संख्या व्यापक रुपमा बढेको हो।

आइतबार बिहान मात्रै झण्डै एक लाख २८ हजार व्यक्ति काठमाडौँबाट बाहिरिएको प्रहरीले जनाएको छ। सार्वजनिक सवारीमा रोक लगाउने सरकारी घोषणापछि आइतबार साँझसम्म काठमाडौँ छाड्नेको संख्या ९ लाख हाराहारी पुग्ने अनुमान गरिएको छ ।

शनिबार मात्रै उपत्यकाबाट २ लाख ६ हजार ३ सय ३९ जना बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। प्रहरीको तथ्यांक अनुसार चैत १ गते ७१ हजार ५ सय ५६ जनाले काठमाडौँ छोडेका छन्।

२ गते ८६ हजार ३२७ जना, ३ गते ८८ हजार २ सय १ जना, ४ गते ९१ हजार ८१६ जना, ५ गते ९५ हजार २४७, ६ गते १ लाख ८ हजार ४५८ जना र ७ गते १ लाख ३० हजार ८२२ जनाले काठमाडौँ छोडेका छन्।

काठमाडौँ छोडेर बाहिर जानेको संख्या बिहीबार र शुक्रबार एक लाख भन्दा बढी छ।

यो पनि पढ्नुहोस्

कोरोनाको त्रासले काठमाडौँ छोड्ने ७ लाखभन्दा बढी

कोरोनाको त्रासले काठमाडौँ छोड्ने ७ लाखभन्दा बढी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?