कञ्चनपुरमा ‘कर्फ्यू’, गड्डाचौकी नाकाबाट पैदल यात्रु पनि आउन निषेध

कञ्चनपुरमा ‘कर्फ्यू’, गड्डाचौकी नाकाबाट पैदल यात्रु पनि आउन निषेध
+
-

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताए।

यद्यपि आफूहरुले कर्फ्यू शब्दको प्रयोग भने नगरेको प्रजिअ खतिवडाले बताए।

‘आइतबार राति १२ बजेपछि जिल्लाभरका बासिन्दालाई घर बाहिर ननिस्कन भनेका छौँ’, खतिवडाले भने, ‘कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न यो निर्णय गर्नु परेको हो।’

प्रमुख जिल्ला अधिकारी खतिवडाले चैत ११ गते गड्डाचौकी नाकामा पैदल यात्रुको आवागमनमा पनि रोक लगाइएको जानकारी दिए।

कोरोना भाइरसको जोखिम कम गर्न चालिएको कदम भएकाले यसको उल्लंघन गरेमा अथवा प्रशासनको निर्णयको पालना नगरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए।

पछिल्ला तीन दिन यता हजारौँ मानिसहरु एकैपटक गड्डाचौकीनाकाबाट नेपाल भित्रिएपछि कोरोना भाइरसको जोखिम बढेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?