बाजुरामा मौसमी रुघाखोकीको प्रकोप, विरामी हुनेमा अधिकांश महिला

बाजुरामा मौसमी रुघाखोकीको प्रकोप, विरामी हुनेमा अधिकांश महिला
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुरामा मौसमी रुघाखोकीको प्रकोप देखिएको छ। बाजुराको स्वामीकार्तिक गाउँपालिका यसको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

एक हप्ता अघि देखि नै रुघाखोकी फैलिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयमा बिहीबार मात्रै जानकारी प्राप्त भएपछि शुक्रबार त्यसतर्फ दुई जना हेल्थ असिस्टेण्ट र एक जना ल्याब टेक्निसियन सहितको टोली पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए।

आवश्यक परीक्षण उपकरण सहित स्वामीकार्तिक गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली पठाइएको उनले जानकारी दिए। जिल्लाबाट गएको स्वास्थयकर्मीके टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुसँग मिलेर बिरामीहरुको उपचार गरिरहेका छन्।

प्रयोगशाला परीक्षणको रिपोर्ट आइनसकेपनि मौसमी रुघाखोकी (इन्फ्लुञ्जा ए र बी) को प्रकोप रहेको अनुमान गरिएको छ।आइतबार साँझ सम्म ४ सय ४२ जनाको उपचार गरिएको छ। एक हप्ता अघि दुई बालकको मृत्यु भएको भए पनि त्यस यता भने स्थिति नियन्त्रणमै रहेको पन्तले बताए।मौसमी रुघाखोकीबाट महिलाहरु धेरै बिरामी परेका छन्।

आइतबारसम्म उपचार गरिएकाहरुमा महिलाहरुको संख्या अत्याधिक छ।४ सय ४२ जनामा २ सय ३७ महिला रहेका छन्।मौसमी रुघाखोकीबाट प्रभावित हुनेमा महिला संगै बालबालिकाको संख्या पनि अधिक छ।

स्वामी कात्तिक गाउँपालिकामा स्वास्थ्यकर्मीको टोलीले १ सय ७५ बालबालिकाको उपचार गरेको छ। मौसमी रुघाखोकीका बिरामी भए पनि कोरोना फैलिएको हल्ला चलाएर त्रासको वातावरण बनाउन खोजिएकोले सबै जना सजग भएर नआत्तिएर बस्न स्वास्थ्य कार्यालयका प्रमुख पन्तको आग्रह छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?