कोरोना भाइरस महामारीः १४ हजार ६ सय भन्दा बढीको मृत्यु

कोरोना भाइरस महामारीः १४ हजार ६ सय भन्दा बढीको मृत्यु
+
-

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने तथा संक्रमित हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा आइतबार एकै दिन ६ सय ५१ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा कोरोनाका कारण हालसम्म सबैभन्दा धेरै पाँच हजार ४७६ जनाको मृत्यु भएको छ । शनिबार एकै दिन ७९३ जनाको मृत्यु भएको थियो । आइतबार मृत्यु हुनेको संख्या केही कम भए पनि अवस्था भयावह नै छ ।

हालसम्म विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा १४ हजार ६५४ रहेको छ । चीनमा तीन हजार २७० जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म तीन लाख ३७ हजार ५५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९८ हजार ८८४ जना निको भएर घर फर्किएका छन् ।

कुल संक्रमितको संख्या अझै पनि चीनमा नै धेरै छ । स्थानीय रुपमा नयाँ संक्रमित पछिल्ला दिनमा नदेखिएको चीनमा हालसम्म ८१ हजार ९३ जनामा संक्रमण भएको छ । इटालीमा कुल संक्रमितको संख्या ५९ हजार १३८ रहेको छ ।

अमेरिकामा ३३ हजार ५४६, स्पेनमा २८ हजार ७६८, जर्मनीमा २४ हजार ८७३, इरानमा २१ हजार ६३८, फ्रान्समा १६ हजार १८, दक्षिण कोरियामा ८ हजार ९६१, स्वीट्जरल्याण्डमा सात हजार ४७४ र बेलायतमा पाँच हजार ६८३ जनामा संक्रमण भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?