कोरोना भाइरसविरुद्ध चीनले पनि सुरु गर्‍यो खोपको मानवीय परीक्षण

कोरोना भाइरसविरुद्ध चीनले पनि सुरु गर्‍यो खोपको मानवीय परीक्षण
+
-

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानवीय परीक्षणको पहिलो चरण चीनमा पनि सुरु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वका वैज्ञानिकहरु लागि परेका छन् । सोही अन्तर्गत सम्भावित विकल्पका रुपमा लिइएको खोपको पहिलो चरणको परीक्षण चीनमा पनि भइरहेको हो ।

अमेरिकामा गएको हप्ता सियाटलमा सम्भावित खोपको परीक्षण सुरु भएको थियो । चीनमा पनि सोही दिन (मार्च १६) देखि नै कोरोना भाइरसविरुद्धको सम्भावित खोपको पहिलो चरणको मानवीय परीक्षणको प्रक्रिया सुरु भएको थियो ।

यसको प्रक्रिया याे वर्षको अन्त्यसम्ममा सकिने अपेक्षा छ । स्वतन्त्र रुपमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण डोज लिनका लागि तयार भएकाहरुलाई खोप दिन थालिएको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।

सरकारको प्रत्यक्ष सहयोगमा सो परीक्षण भइरहेको स्वास्थ्य अधिकारीले आइतबार समाचार संस्था एएफपीलाई बताएका हुन् । चीनमा १०८ जनामा खोपको विभिन्न डोज दिएर परीक्षण थालिएको हो।

१८ देखि ६० वर्ष उमेरका उनीहरु सबै वुहानका बासिन्दा हुन् । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

अहिले कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिएको छ र यसले विश्वव्यापी महामारीको रुप लिएको छ । चीनमा पछिल्ला केही दिनयता त्यहिँ नै संक्रमित भएका नयाँ बिरामी भेटिएका छैनन् । तर अरु देशमा संक्रमित भएर चीन फर्किनेहरु भने छन् ।

विश्वभर कोरोना भाइरसका कारण हालसम्म १४ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै तीन लाख ३० हजार भन्दा बढी संक्रमित भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?