कोरोनाबाट बच्न घर–घरमा सावधानी

कोरोनाबाट बच्न घर–घरमा सावधानी
+
-

दाङ–मुना भट्टराई एसइई परीक्षा सकेर घर फर्किने तयारीमा थिइन् । तर, उनी पहिले नै घर आउनु पर्‍यो । अहिले घर भित्र नै दिनचर्या बित्ने गरेको छ । ‘परीक्षाको तयारी पनि गर्नु छ । त्यो चिन्ता छदैछ । परीक्षा नसकिँदै अर्को चिन्ता पनि थपियो कोरोना’, मुनाले भनिन्, ‘कोरोनाले त्रास थपेको छ।’

घरमा भाइ, बुवा, आमा, हजुरआमासँग बस्ने गर्छिन् । हरेक वर्ष वार्षिक परीक्षा सकिएपछि छोरा छोरीलाइ घुमाउन लैजाने गंगाराम भट्टराईको अहिले त्यो योजना छैन ।

कोरोना भाइरससँग सजगता अपनाउन सरकारले आग्रह गरेपछि उनले आफ्ना योजना रद्द गर्दै घर परिवार भित्रै रमाउने वातावरण मिलाइदिएका छन् । ‘घरभित्र बस्ने ‘होम क्वारेन्टाइन’ भनेर केटाकेटीलाई त्यही अनुसार बानी व्यवहार गर्न लगाएका छौँ’, उनले भने, ‘घरभित्र आउनु भन्दा अघि साबुन पानीले हात धुन, बाहिर निस्कदा अनिवार्य मास्क लगाउने भनेर घर सल्लाह भएको छ ।’

हरेक परिवार भित्र कोरोनाबाट बच्न सावधानी अपनाउन थालिएको छ । दिनमा मुस्किलले एक–दुई पटक साबुन पानीले हात धुनेहरु अहिले पटकपटक साबुन पानीले हात धुने गरेका छन् । बजार निस्कदा साथमा स्यानिटाइजर लग्ने गरेका छन् ।

कोरोनाले मानिसको व्यवहार परिवर्तन गरिदिएको छ । व्यक्तिगत सरसफाइ र आनीबानीमा सावधानी अपाउन थालिएको हो । आठ–दश जनाको समूह बनाएर गफिनेहरु बजारमा देखिन छाडेका छन् ।

सबैले कोरोनाको संक्रमणबाट जोगिन आ–आफ्नो तर्फबाट हुन सक्ने सावधानी अपनाइरहेका छन् । हात मिलाउनुको साटो नमस्ते गर्न थालिएको छ । साना देखि ठूला मानिसहरुमा व्यवहार परिवर्तन भएको छ ।

राजनीतिक दल देखि सामाजिक संघ संस्थाहरुले आफ्नो कार्यक्रम सचेतनामा केन्द्रित गरेका छन् । ‘नगर पार्टी कमिटीले नौवटै वडा कमिटी लाई कोरोना भाइरस विरुद्ध सचेत रहन र जन स्तरमा सन्देश पुगाउन निर्देशन जारी गरिएको छ’, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमही नगर कमिटीका सचिव बसन्त शर्माले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?