कैलालीमा निषेधाज्ञा जारी

कैलालीमा निषेधाज्ञा जारी
+
-

धनगढी – कोरोना भाइरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

सोमबार बिहानै देखि सुदूरपश्चिम प्रदेशका मुख्य शहर कैलालीको धनगढी, अत्तरिया, टीकापुर तथा कंचनपुरको महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द रहेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको सीमा नाकासँग जोडिएका यी शहरहरुमा आवात जावत देखि हिँडडुलमा कडाई गरिएको छ । यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू नै जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?