कोरोनाविरुद्ध लड्न के गर्दैछ नेपाली सेना? भन्छ- हाई अलर्टमा छौँ

कोरोनाविरुद्ध लड्न के गर्दैछ नेपाली सेना? भन्छ- हाई अलर्टमा छौँ
+
-

काठमाडौँ- विश्वभर महामारी बनिरहेको कोरोना भाइरस संक्रमण (कोभिड-१९) को उच्‍च जोखिमलाई मध्यनजर राखेर आफु ‘हाइ अलर्ट’मा रहेको नेपाली सेनाले जनाएको छ। कुनै घटना भएदेखि विकराल रुप लिँदासम्म कसरी त्यसलाई ‘रेस्पोन्ड’ गर्ने भन्नेबारे उच्च सतर्कता अपनाइएको नेपाली सेनाद्धारा सोमबार जारी विज्ञप्तीमा उल्लेख छ।

सेनाले केन्द्रीयस्तरदेखि जिल्लास्तरसम्म क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाइरहेको र क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन मातहतका सैनिक अधिकारीलाई प्रशिक्षण पनि दिइरहेको जनाएको छ।

‘क्वारेन्टाइन क्याम्प सेट अप  गर्न तथा उक्त भाईरस विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैद्धान्तिक तथा  व्यवहारिक ज्ञान दिईएको र उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई सचेतनामूलक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा क्वारेन्टाइन क्याम्प सेट अप गर्ने कार्य शुरु गरिएको छ’, सेनाले भनेको छ।

सेनाका अनुसार उसले हरेक प्रदेशमा क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गरेको छ।  ‘ विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाईन तथा आईसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको छ ।

कोरोना  भाईरस (कोभिड-१९) सम्बन्धि रोकथाम तथा न्युनिकरणको लागि श्री राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरु गरिएको छ’, विज्ञप्तीमा भनिएको छ। सेनाले परिचालन हुने आफ्ना कर्मचारीका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपिई), मास्क, पञ्‍जा तथा सेनिटाईजर उपलब्ध गराउन व्यवस्था मिलाइएको तथा मास्क र सेनिटाईजरको उत्पादन समेत शुरु गरिएको जनाएको छ।

सेनाले अत्यावश्यक कामबाहेक छुट्टी दिन छाडेको छ। बिदाबाट फर्केकालाई पनि सेल्फ क्वारेन्टाइनमा राखेरमात्र काममा फर्काएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?