चितवनमा बाहिरी जिल्लाबाट आएका सवारी साधनलाई रोक

चितवनमा बाहिरी जिल्लाबाट आएका सवारी साधनलाई रोक
+
-

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ।

सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुल्चोक, मुग्लिङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो।

निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ । त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?