कोरोना भाइरसको संक्रमण रोक्न निर्माण गरिएका कार्यदल संयोजकहरुसँग उपप्रधानमन्त्रीको छलफल

कोरोना भाइरसको संक्रमण रोक्न निर्माण गरिएका कार्यदल संयोजकहरुसँग उपप्रधानमन्त्रीको छलफल
+
-

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण आउन सक्ने सम्भावित जोखिम रोक्न निर्माण गरिएका कार्यदलका संयोजकहरुसँग उच्च स्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले छलफल गरेका छन् ।

छलफलमा सम्बन्धित कार्यदलका संयोजकहरुले सम्भावित जोखिम कम गर्न भइरहेका प्रयासको कार्यप्रगति विवरण तथा कार्ययोजनाको बारेमा जानकारी गराएका थिए ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस देखिएपछि थप सजगता अपनाउनेबारे पनि बैठकमा छलफल भएको थियो।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन र भारतसँगका सीमा नाकाहरु बन्द गरेको छ भने सार्वजनिक सवारीका साधनहरु सञ्चालनमा रोक लगाएको छ ।

सबै शैक्षिक संस्थाहरु चैत मसान्तसम्मका लागि बन्द गरिएका छन् । अत्यावश्यक बाहेक हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?