कोरोना रोक्न दुई साता यी सेवा बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको सुझाव

कोरोना रोक्न दुई साता यी सेवा बन्द गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको सुझाव
+
-

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोरोना संक्रमणको आशंका गरिएका करिब ६ सय जनाको ‘थ्रोट स्वाब’ परिक्षण गरिएकामा एक जनाको मात्र ‘पोजेटिभ’ भेटिएको जनाएको छ।

मन्त्रालयद्धारा सोमबार जारि विज्ञप्तीमा कतार हुँदै फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण भेटिएको र हाल उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको उल्लेख छ। विरामीका परिवारका सदस्यलाई पनि होम क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

कोरोनाको सम्भावित जोखिमसँग जुध्न काठमाडौँ उपत्यकामा एक हजार विरामी सैय्या र एक सय २० आईसीयू तथा प्रदेशमा एक सय २५ आईसीयू सैय्या थप्ने काम भइरहेको मन्त्रालयको भनाई छ।

मन्त्रालयले अस्पतालहरुमा भिडभाड कम गर्न र कोरोनाको सम्भावित संक्रमण फैलनबाट रोक्न ओपिडी सेवा नियमित राखे पनि केही कामहरु दुई साताका लागि बन्द गर्न अस्पतालहरुलाई सुझाव दिएको छ।

अस्पतालहरुबाट प्रदान गरिँदै आएको विस्तारित स्वास्थ सेवा दुई साता स्थगित गर्न भनिएको छ। यसैगरि तत्काल जोखिम नहुने फलो अप, नियमित जाँच र शल्यक्रियाका विरामीहरुलाई दुई साता नबोलाउन पनि अस्पताललाई अनुरोध गरिएको छ।

यसैगरि ज्वरोका विरामीलाई लक्ष्यित गरि फिभर क्लिनिक सन्चालन गर्न र कोरोना संक्रमणको आशंका गरिएका विरामीलाई तत्काल त्यही राख्ने गरि आइसोलेसन वार्ड बनाउन पनि सुझाव दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?