
काठमाडौँ–विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न चौधरी फाउण्डेशनले ‘कोरोना रेस्पोन्स टिम’ तयार पारेको छ । नेपालका ‘विलिनियर’ विनोद चौधरीले ट्विटरमार्फत ‘कोरोना रेस्पोन्स टिम’ तयार पारेको जानकारी दिएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘यो टिमले फाउन्डेशनको मुख्यालय काठमाडौँ, सीजीआईपी नवलपुर, बर्दिया र सुनसरीमा रहेका सम्बन्धीत निकायसँग समन्वय गरी काम गर्नेछ । सम्बन्धीत क्षेत्रमा कोरोना उपचारका लागि आवश्यक सहयोग पुर्याउनु यो टिमको लक्ष्य हो।
चौधरी फाउन्डेसनले ‘कोरोना रेस्पोन्स टिम’ तयार गरेको छ। यो टिमले फाउन्डेसनको मुख्यालय काठमाडौं, सीजीआईपी नवलपुर, सीजीआईपी बर्दिया र सीजीआईपी सुनसरीमा रहेर सम्बन्धित निकायसँग समन्वय गरी काम गर्नेछ। सम्बन्धित क्षेत्रमा कोरोना उपचारका लागि आवश्यक सहयोग पुऱ्याउनु यो टिमको लक्ष्य हो।
— CG Corporate Communication (@ChaudharyGroup) March 23, 2020
यस्तै उनका छोरा निरभान चौधरीले पनि ट्विटरमार्फत एक हजार भन्दा बढी कर्मचारीहरुको सुरक्षाका लागि स्यानिटाइजर, माक्स लगायतका सम्भव भएका सबै सुविधा दिने बताएका छन् ।
उनले सबै कर्मचारीहरुको ‘रेगुलर’ तापक्रम मापन गरिनुका साथै कोरोना भाइरसका बारेमा छिटोभन्दा छिटो सचेतना दिने कार्य पनि गर्ने बताए । कम्पनीले सेनिटाइजर पनि उत्पादन गर्ने उनले जानकारी दिए ।
The whole world including nepal has been facing huge difficulties and challenges due to the pandemic caused by Covid-19. All of must play a part in combatting this in whatever way we can. Here are few initiatives Chaudhary Foundation is doing to respond… pic.twitter.com/x3SxfVus00
— Nirvana Chaudhary (@BeingNirvana) March 23, 2020
वाइवाइका माध्यमबाट पनि कोरोना भाइरसका बारेमा सचेतना फैलाउने आफूहरुको योजना रहेको उनले बताए । उनका अनुसार कर्मचारीको स्वास्थ्यमा अचानक आइ पर्ने समस्या र स्वास्थ्य सम्बन्धी जानकारी चाहिएमा ‘हट लाइन’ को व्यवस्था गरिएको छ ।
कोरोना भाइरस चेक गर्ने उपकरण खरिद प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् ।