
विराटनगर र चितवनसँगै बनेपा नगरपालिकाले पनि सोमबार राति १२ बजेदेखि लागू हुने गरी पूर्ण लकडाउन घोषणा गरेको छ।
अत्यावश्यक नपरी घरबाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ।
अरनिको राजमार्गबाहेक निजी तथा सार्वजनिक सवारी साधनलाई लकडाउनको अवधिमा बनेपा नगरपालिकाले पूर्णयता: रोक लगाउने भएको छ।
अरनिको राजमार्ग भएर चल्ने सवारी साधन बनेपा क्षेत्रमा रोक्न निषेध लगाउने निर्णय पनि बनेपा नगरपालिकाले लगाएको छ।