
काठमाडौँ- सरकारले भारत र चीनसँगको सीमामा आएर रोकिएका नेपालीलाई स्वदेश प्रवेश गर्न अनुमति दिने भएको छ। तर उनीहरुले आफू नेपाली भएको प्रमाण पेश गर्नुपर्ने सरकारको सर्त छ।
सरकारले आइतबार नेपाल र भारततर्फका सबै सीमा ७ दिनका लागि बन्द गरेपछि नाकामा नेपालीहरु अलपत्र परेका थिए।
भारतबाट आउने नेपालीहरु सीमामा आएर अड्किएपछि सरकारले उक्त निर्णय गरेको हो।
सीमामा रहेका नेपालीहरु स्वदेश फर्किएपछि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने शर्त छ। त्यसका लागि उनीहरुको विवरण राखिने र नियमित अनुगमन गरिने कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए।