आफूसँगै फ्रान्सबाट आएकी भियतनामी साथीलाई संक्रमण देखिएपछि टेकु पुगेकी थिइन् युवती

आफूसँगै फ्रान्सबाट आएकी भियतनामी साथीलाई संक्रमण देखिएपछि टेकु पुगेकी थिइन् युवती
+
-

फ्रान्समा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालबाट अध्ययनका लागि फ्रान्स पुगेकी १९ वर्षीया युवती भियतनामकी साथीसँगै फ्रान्सबाट कतारको दोहासम्म सँगै पुगिन्।

फ्राको ट्रान्जिट दोहा पर्ने भएकाले युवती र उनकी साथी दोहामा छुटिए। युवती दोहाबाट काठमाडौँतर्फ लागिन् भने उनीसँगै आएकी साथी भियतनामतर्फ लागिन्।

दोहाबाट उडेकी युवती चैत ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन्। उनको ज्वरो नापियो। तापक्रम बढी नदेखिएपछि उनले घर जान पाउने भइन्। विमानस्थलमा उनलाई लिन उनका बुवा पुगेको थिए। बुवासँग घर पुगेकी उनलाई संक्रमित देशबाट फर्किएका कारण घर परिवारले ‘होम क्वारेन्टाइन’मा राखे।

युवतीको परिवार ‘मेडिकल फिल्ड’कै भएकाले उनलाई घरका कुनै पनि सदस्यसँग घुलमिल हुन दिइएको थिएन। बिहीबार साँझ उनलाई भियतनामी साथीको खबर आयो, ‘कोरोना भाइरसको परीक्षण गर्दा मलाई संक्रमण देखियो र क्वारेन्टाइन बसिरहेको छु।’ आफूसँगै फर्किएकी साथी संक्रमित भएको खबरले उनी आत्तिइन्।

शुक्रबार उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीलाई सम्पर्क गरिन्। डा. भण्डारीले उनलाई काउन्सिलिङ र अस्पताल बोलाए। उनको ‘थ्रोट स्वाब’ निकालियो। अस्पताल बस्नुपर्ने भएपनि उनी शक्रबार अस्पताल नबसी घर फर्किइन्।

परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको ‘थ्रोट स्वाब’को रिपोर्ट आइतबार ‘पोजेटिभ’ आयो। उनको रिपोर्ट पोजेटिभ आउने बित्तिकै टेकु अस्पतालले उनलाई सम्पर्क गर्‍यो र अस्पतालमा भर्ना गर्‍यो। उनी अहिले टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। युवतीको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए।

विमानस्थलबाट घर पुग्ने बित्तिकै ‘होम क्वारेन्टाइन’मा बसेर उनी कसैसँग सम्पर्कमा नआएका कारण त्यति ठूलो जोखिम हुन नसक्ने डा. राजभण्डारीले बताए।

तर, युवतीले यात्रा गरेको विमानमा रहेका यात्रु जोखिममा हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाईले युवतीसँग यात्रा गरेका यात्रुको खोजी गरी तत्काल परीक्षणको दायरामा ल्याउनका इपिडिमियोलोजी तथा रोक नियन्त्रण महाशाखालाई निर्देशन दिएको छ।

यो पनि पढ्नुहोस्

नेपाल आएको छ दिनपछि बल्ल पुष्टि भयो युवतीको संक्रमण, यसबीच कस-कसलाई भेटिन्?

नेपाल आएको छ दिनपछि बल्ल पुष्टि भयो युवतीको संक्रमण, यसबीच कस-कसलाई भेटिन्?

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

चिकित्सक भन्छन्ः संक्रमित युवतीमा कोरोनाको लक्षण छैन, दोस्रो परीक्षण गर्छौँ

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

सबै सँगै छोएरै बसिरहेको कार्यक्रममा सरकारको सुझाव- सोसल डिस्ट्यान्सिङ कायम गर्नू

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

अत्तालिएका प्रयोगशालाहरु ‘किट’ र ‘पीपीई’मा ताक्दैछन् सरकारको मुख

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?