लकडाउन सिमकोट बजारमा जे देखियो (फोटो फिचर)

लकडाउन सिमकोट बजारमा जे देखियो (फोटो फिचर)
+
-

सिमकोट-कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन सुरु भएपछि हुम्लाको सदरमुकाम सिमकोटमा मानिसहरुको आवत-जावत पातलियो।

बिहानै बजार क्षेत्रमा मानिसको हिडडुल र पसलहरु खोल्ने काम धेरै भएपनि बिस्तारै त्यो क्रम रोकिदा सिमकोट बजार सुनसान देखियो।

बिहानै पसल खोलेका व्‍यापारीहरुलाई प्रहरी प्रशासनले सम्झाएपछि उनीहरु पनि पसल बन्द गरे। त्यहाका सडकमा बालबालिका देखिएन भने सिमकोट छिर्ने नाकामा प्रहरी परिचालन गरियो।

गाउँबाट सरदकुमार  आउने र सदरमुकामबाट गाउँ जाने मानिसहरुको जाने क्रम रोकिए। लकडाउनका बीच पनि राष्ट्रिय बाणिज्य बैंकले पूर्ण रुपमा सेवा दियो।

जिल्ला विपद् व्‍यवस्थापन समितिको बैठक पनि रानी वनमा गएर बसेको थियो । बैठक स्थल होटेल कैलाशमा क्वारेनटाइन स्थापना गरिएको छ । त्यहाँ नै बैठक बस्यो ।

बिहानै सिमकोट गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दुई सय तीस जना जेष्ठ तथा अशक्त र अपाङ्गता भएका नागरिकहरुलाई बिहानैबाट घरघरमा गएर मास्क बितरण गरियो।

वडा अध्यक्ष, शिक्षक र प्रहरीको सहभागितामा वडामा प्रत्येक घरमै गएर सेवाग्राहीहरुलाई मास्न बाँड्ने कार्य गरेको थियो । आर्थिक अबस्थाको कारण मास्क किन्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर निशुल्क बितरण गरियो।

त्योसँगै दैनिक साबुन पानीले हात धुनु पर्ने, भिडभाडमा नजान, सरसफाईमा बिशेष ध्यान दिन र बाहिरबाट आएका मानिसहरुलाई घरमा बास नदिन, काम बिशेष बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’