व्यायामले संक्रमण रोक्न सघाउँछ या जोखिम बढाउँछ?

व्यायामले संक्रमण रोक्न सघाउँछ या जोखिम बढाउँछ?
+
-

शारीरिक व्यायामले संक्रमण रोक्ने क्षमता बढाउँछ वा कमजोर बनाउँछ?

कोरोना भाइरसको संक्रमण विश्वव्यापी महामारीका रुपमा फैलिएका बेला यो प्रश्न धेरैको मनमा उब्जिएको छ ।

पछिल्लो समय भएको अध्ययनले यसको उत्तर दिएको छ । व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययन अनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ ।

एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकले बताएका छन् । तर व्यायामको प्रकार र मात्रा अनुसार प्रतिरोधात्मक क्षमतामा पर्ने प्रभाव फरक हुन्छ ।

अधिक व्यायाम फाइदाजनक हुन्छ भन्ने छैन । यस्तै व्यायाम गर्ने स्थानले पनि असरलाई प्रभावित गर्छ।

विगतमा भएका अध्ययनमा म्याराथनपछि धावकमा संक्रमणको जोखिम बढ्ने र उनीहरुको इम्युन सिस्टम कमजोर हुने निष्कर्ष निकालिएका थिए ।

तर पछिल्ला वर्षहरुमा भएका बिस्तारित अध्ययनहरुबाट यो प्रमाणित भएको छ कि म्याराथनसहितका अरु खेलका सहभागीहरुमा संक्रमणको जोखिम कम हुने र उनीहरुको प्रतिरोधात्मक क्षमता थप बलियो बन्छ ।

सन् १९८० को दशकमा भएका अध्ययनहरुमा धावकहरुमा स्वासप्रस्वास सम्बन्धी समस्या हुन सक्ने उल्लेख गरिएका थिए । पछिल्लो समय भएका अध्ययनहरुले त्यसलाई चुनौति दिएका छन् ।

सन् २००५ मा मुसामा भएको अध्ययनमा व्यायामको साकारात्मक प्रभाव देखिएको थियो संक्रमण प्रतिरोधात्मक क्षमतालाई लिएर । धेरै हप्तासम्म दैनिक ३० मिनेट दौडिने मुसामा दौडिने तालिम नदिइएको मुसा भन्दा इन्फ्लुएन्जासहितका संक्रमणबाट जोगिने वा नहुने देखिएको थियो ।

सोही समयमा भएको अध्ययनमा लामो व्यायामपछि व्यक्तिमा संक्रमणको जोखिम हुने देखिएको थियो । यस्तो जोखिम छोटो अवधिको हुने गरेको थियो ।

तर त्यसपछि भएको विस्तृत अध्ययनमा लगातारको व्यायामपछि केही सेलहरु मर्ने भए पनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने र इम्युन सेललाई स्थीर बनाउने तथा प्रतिरोधात्मक क्षमता घट्ने होइन थप सशक्त हुने देखिएको थियो ।

गएको वर्ष भएको अर्को अध्ययनमा लगातारको दौडपछि मुसामा रोगाणु प्रवेश गराउँदा अर्को आराम गरेको मुसा भन्दा दौडाइएको मुसाको शरीरले रोगाणुसँग डटेर लडेको देखियो ।

सम्पूर्ण अध्ययनहरुलाई हेर्दा इम्युन सिस्टम र व्यायामबिच प्रत्यक्ष सकारात्मक वा नकारात्मक सम्बन्ध छ भनेर स्पष्ट रुपमा भन्न सक्ने अवस्था नदेखिने युनिभर्सिटी अफ बाथका प्राध्यापक जेम्स टर्नरले बताए ।

तर व्यायाम र इम्युनिटीका सम्बन्धमा सन् २०१८ मा भएको अध्ययनका काे–अथर तथा स्वास्थ्य विज्ञानका प्राध्यापक जेम्सका अनुसार व्यायामले भाइरल संक्रमणको बढाउने प्रत्यक्ष प्रमाण छैन ।

उनले भने, ‘त्यसैले, कोरोनाभाइरसको संक्रमण फैलिएको अहिलेको समयमा व्यायाम गर्नु सुरक्षित छ । बरु व्यायामले संक्रमणको जोखिम कम गर्न सक्छ ।’

(यो सामग्री द न्यूयोर्क टाइम्सबाट साभार गरिएको हो ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?