‘क्वारेन्टाइन र आइसोलेसन वार्ड त बन्यो, बनेर के गर्नु! उपकरण छैनन्’

‘क्वारेन्टाइन र आइसोलेसन वार्ड त बन्यो, बनेर के गर्नु! उपकरण छैनन्’
+
-

सिमकोट– हुम्लामा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बनाइएका क्वारेन्टाइन र आइसोलेसन वार्डमा उपकरण अभाव देखिएको छ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले आइसोलेसन र क्वारेन्टाइन वार्डको व्यवस्था गरिए पनि त्यहाँ चाहिने आवश्यक उपकरणको अभाव भएको बताए।

उनले भने, ‘तापक्रम नाप्ने थर्मल गन जिल्लामै दुई वटा मात्रै छन्। पिपिई पनि दुई सेट मात्रै रहेका छन्। यो पर्याप्त होइन। संक्रमित देखियाे भने यसबाट उपचार गर्न सकिने अवस्था छैन।’

यदी कसैमा कोरोनाकाे‍ संक्रमण देखियो भने आइसोलेसनबाट आइसियुमा राख्नु परे जिल्ला बाहिर रिफर गर्नुको विकल्प नभएको उनको भनाइ छ।

कोरोना भाइरसका गम्भीर बिरामीका लागि आवश्यक आईसियु कार्यालयमै छैन। यसका लागि प्रदेश सरकारसँग समन्वय गर्दा प्रदेशका कार्यालयहरुमा पनि यी उपकरण नभएको जवाफ आएको सिंहले बताए।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा लक डालनले हवाइ सेवा पनि बन्द हुँदा भोलिका दिनमा गम्भीर समस्या हुने सिंहको भनाइ छ।

कार्यालयकै चिकित्सक शाखाका डाक्टर अमित बिष्टले उपचारका लागि आवश्यक उपकरण नभएका कारण चिकित्सकहरु समेत समस्यामा पर्न सक्ने बताए।

प्रमुख सिंहले भने, ‘हाललाई पाँच वटा बेडको आइसोलेसन वार्डको व्यवस्था गरिए पनि आवश्यकता अनुसार त्यसलाई विस्तार गर्न सकिनेछ। क्वारेन्टाइनका लागि ५० बेड तयार गर्न सकिने कोठाको व्यवस्था भएकोमा हाल ३० वटा बेड भने तयारी अवस्थामा छन्। तर उपकरण अभाव भयो। बेडले मात्रै के गर्नु?’

जिल्ला विपद व्यवस्थापन समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले विपदका लागि सहयोग प्राप्त हुने क्रम सुरु भएकोले क्वारेन्टाइन र आइसोलेसन वार्डका लागि व्यवस्थापन गर्न सहज भएको बताइन्।

हवाई नाका बन्द भएको र चीनसंगको हिल्सा नाका पनि बन्द भएको बेला अब मुगु जिल्लासंगको चंखेली र बाजुरासंगको कवाडी नाकाबाट भारततिर काम गर्न गएका हुम्लाबासी फर्कन सुरु भएकाले त्यो नै जिल्लाका लागि चुनौती हुने देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?