
धनगढी– धनगढी उप–महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कैलालीको सहकार्यका त्रिनगर भन्सार नाकामा अलपत्र परेका ६४ जना नेपालीहरुलाई उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये धनगढीका १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार उद्धार गरिएकाहरुमा कैलालीको धनगढीका १२ जना, गौरीगंगा नगरपालिकाका ११ जना, लम्कीचुहाका १ जना, घोडाघोडीका १ जना, टिकापुरका ७ जना, जानकीका १ जना, भजनीका १ जना र बाँके जिल्लाका १५ जनालाई उद्धार गरेर सम्वन्धित ठाउँमा पठाइएको छ।
उनीहरुलाई सम्वन्धित ठाउँमा नै क्वारेन्टाइनमा राख्ने गरि पठाइएको हाे।
त्यसैगरी सीमामा रहेका डोटीका ४ जना, बाजुराका १३ , बैतडीका १ जना, अछामका १ जना र डडेल्धुराका १ जनालाई सम्वन्धित जिल्लामा नै क्वारेन्टाइनमा राख्नेगरि पठाउने तयारी भइरहेको छ।