
सिमकोट-कामका सिलसिलामा भारत गइ फर्किएकाहरु गाउँ गाउँमा आएर बस्न थालेपछि सदरमुकाम सिमकोटमा स्थापना भएका क्वारेनटाइन र आइसोलेसन वार्डहरु खाली भएका छन्।
हुम्ला प्रवेशको मुख्य मार्ग सिमकोट विमान स्थल भए पनि लकडाउनको कारण हवाई याातयात बन्द हुनु र भारत लगाएत अन्यत्रब मुगु र बाजुराबाट हुम्ला प्रबेश गरेकाहरु गाउँ गाउँमा गएर बस्न थालेपछि जिल्लामा स्थापना भएका क्वारेनटाइन र आइसोलेसन खाली रहेका हुन।
हालसम्म बाजुरा जिल्लासँग सिमाना जोडिएको कवाडी हुँदै हुम्ला प्रबेश गर्नेको संख्या ४७९ जना पुगेको छ। त्यस मध्य एक सय जना भारतमा काम गर्न गएकाहरु कोरोना संक्रमण सुरु भएपछि उताबाट फर्केर गाउँमा आएको ताँजाकोट गाउँपालिका वडा नम्बर २ मैलाका धर्म जैशीले बताए। यसरी भारतबाट आउने मात्र उहाँको पालिकामा ६० जना छिन्।
उनीहरु कसैलाई घरमै छुट्टै बस्ने व्यवस्था गरिएको छैन। गाउँमा आउने वित्तिक्कै उनीहरु सबै घरपरिवारसंगै बस्न थालेका छन्। कवाडीमा सामान्य चेकजाँच बाहेक अरु केही गरिएको छैन्।त्यसैले स्थानीय बासिन्दाहरु त्रासले थर्कमान रहेका छन्।
उक्त स्थानबाट सिमकोट आइपुग्न तीन दिन पैदल लाग्ने गर्छ। यो स्थिती मुगुसंग सिमाना जोडिएको चंखेली गाउँपालिकाको पनि उस्तै रहेको छ। उक्त नाकाबाट चैत १० गतेबाट हुम्ला बाहिर गएका प्रवेश गर्नेक्रम सुरु भएको हो।
संभाबित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि जिल्लामा जिल्ला उद्धार ब्यबस्थापन समितिले तीस वार्डको क्वारेनटाईन र १२ वार्डको आइसोलेसन तयारी अबस्थामा राखेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्। यसलाई बिस्तार गर्न पनि सकिने अबस्था छ। यत्रो मानिस भारतमा काम गरेर फर्किएको खबर भएपनि हालसम्म एकजना पनि क्वारेनटाईनमा राख्न सकिएको छैन।
यसका लागि भुगोलले पनि साथ नदिएको उनको ठहर छ। प्रहरी परिचालन गरेर क्वारेनटाईनमा राख्न कठिन छ। सबै भन्दा उत्तम उपाय बाहिरबाट आएका मानिसहरु आफै आएर दुई हप्ता क्वारेनटाईमा बसी दिए हुन्थ्यो भन्ने छ।
समितिले प्रत्येक वडा र गाउँपालिकामा क्वारेनटाईनको व्यवस्था गर्न आग्रह पनि गरिएको थियो। तर हालसम्म कुनै पनि गाउँपालिकाले सो कुरा कार्यान्वयन नगरेको गुनासो उनको छ।
आफू कहाँ क्वारेनटाइन स्थापना नगरेपछि जिल्लामा पठाउने व्यवस्थाका लागि सहयोग गर्न पनि उनले पालिकाहरुलाई आग्रह गर्ने भएको छ।तर हालसम्म कुनै पालिकाबाट पनि सहयोग मिलेको छैन।
यसबाट के देखिन्छ भने जिल्लामा एकातिर क्वारेनटाईन र आइसोलेसन वार्ड स्थापना गरेर खाली रहेको अवस्था छ भने अर्कोतर्फ भारतबाट फर्केकाहरु सिधै गाउँमा आएर बसि रहेको स्थिती बिद्यमान छ।भोलि स्थितिले बिकराल रुप लिए यसको जिम्मेवार को हुने हो भन्ने प्रश्न तेर्सिएको छ।