नेपालगञ्जमा अलपत्र हुम्लाका १३० जनाको कर्णाली सरकारद्वारा उद्धार

नेपालगञ्जमा अलपत्र हुम्लाका १३० जनाको कर्णाली सरकारद्वारा उद्धार
+
-

सिमकोट– कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्न देशभर लकडाउन चलिरहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिलासहित हुम्लाका १३० जनाको उद्धार गरेको छ।

लकडाउनकै कारण हवाई सेवा बन्द हुँदा बालबालिकासहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगुसम्म पुर्‍याउनले व्यवस्था गरेको हो।

कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरी आइतबार राती १० बजे मुगुसम्म पुग्ने व्यवस्था गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का हर्कसिंह भण्डारीले जानकारी दिए।

उद्धार गरिएकाहरु सोमबार रातीसम्म मुगुको गमगढी पुग्ने र त्यसपछि पैदल हुम्लामा आउने छन्। बालबालिकाहरुको भने चैत ११ गते हुम्ला आउनका लागि निजि एयरलाइन्सहरुमा टिकट थियो। लकडाउनले हवाई यातायात बन्द भएपछि उनीहरु उतै रोकिएका थिए।

लकडाउनका बेला उद्धार गरिएकोहरुमा हुम्ला जिल्लाका सबै गाउँपालिकाका बासिन्दाहरु रहेका छन् भने हिड्न नसक्ने सानासाना बालबालिकाहरु नेपालगंजमै बसेका छन् ।

नेपालगंजबाट सुर्खेतमा ल्याएर बसाल्ने प्रयास गर्दा यात्रुहरुले नमानेपछि मुगुसम्म गाडीमा पठाइएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावतले बताए।

मन्त्री रावलले नेपालगंजबाट उद्धार गरिएका सबैलाई सुर्खेतको क्यारेन्टाइनमा राख्ने तयारी गरेपनि उनीहरुले नमानेको बताए।

उद्धार गरिएका सबै यात्रुहरुको बाटोमा स्थापना गरिएका हेल्थ डेक्समा कडा निगरानीसहित चेकजाँच पनि गर्ने गरिएको छ। नेपालगंजबाट दैलेख प्रवेश गर्दासम्म धेरै स्थानमा चेकजाँच गरिएको उद्धार गरिएका यात्रु हरिभक्त शाहीले बताए।

यस्तै उनीहरुलाई हुम्लामा क्यारेनटाइनमा राख्ने तयारी भइरहेको जिल्ला उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?