दैलेखमा रोकिएका यात्रुलाई मन्त्रीले दिए चाउचाउ र पानी

दैलेखमा रोकिएका यात्रुलाई मन्त्रीले दिए चाउचाउ र पानी
+
-

सिमकोट – नेपालगञ्जबाट घर फर्कने क्रममा दैलेखमा रोकिएका झण्डै १ सय ३० जना हुम्लाका बासिन्दालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्रीले चाउचाउ र पानी सहयोग गरेका छन् ।

लकडाउनपछि नेपालगञ्जमै रोकिएका उनीहरु गाडी चढेर मुगुका लागि हिँडेका थिए । तर सवारी पास नभएको भन्दै दैलेख प्रशासनले गुराँसेमा रोकेको थियो ।

गुराँसेमा अलपत्र परेका उनीहरुलाई सामाजिक विकासमन्त्री दलबहादुर रावलले चाउचाउ र पानीको व्यवस्थापन मिलाएका हुन् ।

सुर्खेतबाट दैलेख हुँदै मुगु आउने क्रममा सवारी पास नभएपछि दैलेखको गुराँसेमा रोकिएका उनीहरुलाई मन्त्री रावलले व्यक्तिगततर्फबाट ३० पेटी चाउचाउ र १७ जार पानी सहयोग गरेका हुन् ।

त्यस्तै उनीहरुलाई मास्क र सेनिटाइजरको पनि व्यवस्था मिलाइएको छ । मन्त्री रावलकै पहलमा सवारी पास बनेपछि ६ घटासम्म अलपत्र परेका उनीहरु मुगुका लागि प्रस्थान गरेका छन् ।

मुगुको गमगढीबाट उनीहरु पैदल हुम्ला आउने छन् । १ सय ३० जनाको टोलीमा विद्यार्थीसहित नेपालगञ्ज, काठमाडौँ र भारतमा काम गरेका फर्केकाहरु छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’