नयाँ अध्ययनले भन्छ- उमेरसँगै बढ्दै जान्छ कोरोना भाइरस संक्रमणकाे जोखिम

नयाँ अध्ययनले भन्छ- उमेरसँगै बढ्दै जान्छ कोरोना भाइरस संक्रमणकाे जोखिम
+
-

नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट चीनमा मृत्यु भएका तथा अस्पताल भर्ना भएका व्यक्तिमाथिको गरिएको पहिलो विस्तृत अध्ययनले उमेरसँगै कोरोना भाइरसको जोखिम बढ्दै जाने देखिएको छ।

कोभिड–१९ का कारण हुने मृत्युको जोखिम बालबालिका वा वयस्कभन्दा पाको उमेरका वा अधवैँशेहरुमा बढी देखिएको छ।

चीनमा भएको विस्तृत अध्ययन अनुसार कुल संक्रमित मध्ये औसत मृत्युदर १.३८ प्रतिशत मात्रै रहेको छ।

तर उमेरसँगै मृत्युदर अधिक भएको देखिएको छ। १० वर्षभन्दा कम उमेरका व्यक्तिमा मृत्युदर ०.००१६ प्रतिशत रहेको छ। तर ८० वा त्यो भन्दा बढी उमेरका व्यक्तिमा मृत्युदर ७.८ प्रतिशत देखिएको छ।

अध्ययन अनुसार १० देखि १९ वर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएमा ०.०४ प्रतिशतलाई मात्रै अस्पताल भर्ना गर्नु पर्ने देखिएको छ।

तर ८० वा त्यो भन्दा माथिको उमेरका व्यक्तिमा संक्रमण भएमा १८ प्रतिशत भन्दा बढीलाई अस्पताल भर्ना गरेर स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने अध्ययनले जनाएको छ।

अधवैँशेहरुमा पनि कोरोना भाइरसको संक्रमणले गम्भीर अवस्था सिर्जना गर्ने देखिएको छ। ४० वर्ष वा त्यो भन्दा माथिको उमेरका व्यक्ति संक्रमित भएमा उनीहरु मध्ये चार प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने देखिएको छ। यो दर ५० वा त्यो भन्दामाथिको उमेरका व्यक्तिमा ८ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

ल्याण्डसेट इन्फेक्सिअस डिजिजेजमा प्रकाशित भएको अध्ययन प्रतिवेदन चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ७० हजार ११७ व्यक्तिमा गरिएको अनुसन्धानबाट तयार पारिएको हो। यो अध्ययनमा प्रयोग भएका मध्ये ६८९ जना कोरोना भाइरसको उत्पती भएको हुबेइ प्रान्तको वुहान शहरका हुन्।

अध्ययनमा संलग्न प्राध्यापक अज्रा घानीले आफूहरुको अध्ययनबाट आएको प्रतिवेदनले संक्रमण फैलिएका सबै देशको प्रतिनिधित्व गर्न सक्ने बताएका छन्।

५० वा त्यो भन्दा माथिको उमेरका व्यक्तिमा कोरोना भाइरसको प्रभाव ५० भन्दा कम उमेरका व्यक्तिमा भन्दा बढी देखिने गरेको स्पष्ट भएको उनले बताए।

अब संक्रमण फैलिएका देशमा परीक्षणको पहिलो प्राथमिकतामा जोखिममा रहेका उमेर समूहका व्यक्तिलाई राखिनु पर्ने उनीहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?