मुगुमा १६१ शैय्‍याको क्वारेन्टाइन तयार

मुगुमा १६१ शैय्‍याको क्वारेन्टाइन तयार
+
-

कास्की-कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखम हुन नदिन यहाँका स्थानीय तहले कोरोना विरुद्घका कामलाई तीव्रता दिएका छन्।

हालसम्म जिल्लामा सो भाइरसको आशंका एकजनामा पनि देखिएको छैन।जिल्लाका चारवटै स्थानीय तहले आ-आफ्नो क्षेत्रमा १६७ वटा श्ययाको क्वारेन्टाइन तयार गरेका छन्। जिल्ला अस्पताल मुगुमा सात श्ययाको आइसोलेशन कक्ष तयार पारिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीका अनुसार छायाँनाथ रारा नगरपालिकाले महाकाली माविमा २१, जिल्ला अस्पातालले ३५, खत्याड गाउँपालिकाले झुगलामा ३५, सोरु गाउँपालिकाले तारापानीमा १० र मुगुम कार्मारोङ्क गाउँपालिकाले छाइल विद्यालय ३० र रिउस बगरमा रहेको सामुदायिक अस्पतालमा ३० श्यया क्वारेन्टाइनका लागि तयार गरेका छन्।

उनका अनुसार हाल खत्याडमा तीन र तारापानीमा दईजना भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ। भारतबाट आएका अन्य स्थानीयको खोजी र यकिन गरी उनीहरुलाई पनि १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ जनाइएको छ।अहिले स्थानीय तहले आफ्ना क्षेत्रमा अन्यत्रबाट आएका स्थानीयको खोजी र तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेका छन्।

स्वास्थ्य संस्थामा सङ्घीय तथा प्रदेश सरकारबाट स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध नहुँदा स्थानीय तहले स्थानीय रुपमा तयार पारेका प्लास्टिकका एप्रोन तयार गरी सेवा दिइराखेका छन्।

दिनहुँ स्वास्थ्य चौकी एवं हेल्थ डेस्कमा मानिस स्वास्थ्य जाँच गर्न आउँछन्। स्थानीय रुपमा प्लास्टिकका एप्रोन बनाइ अन्यत्रबाट आएकाको जाँच गरेको छौँ खत्याड गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक हरिबहादुर बढाले बताए।

मुगुम कार्मारोङ्ग गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पनि पिपिई उपलब्ध नभएपछि प्लास्टिककै एप्रोन बनाइ चेकजाँच गर्दा लगाउने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?