धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान हुँदै, एक घण्टामै रिपोर्ट आउने

धनगढीमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन जडान हुँदै, एक घण्टामै रिपोर्ट आउने
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने पिसिआर मेसिन जडान भइरहेको छ ।

संघीय सरकारले कोरोना भाइरस कोभिड १९ जाँच गर्ने मेसिनसहितका आवश्यक उपकरण पठाएपछि बुधबार बिहानदेखि जडान सुरु भएको छ । मंगलबार साँझ सेनाको हवाई ट्रक मार्फत मेसिन र किट लगायतका सामान धनगढी पुर्‍याईएको थियो । बुधबार बाईसेफ्टी क्याविनेट समेत धनगढी पुगेपछि जडान सुरु भएको सेती प्रादेशिक अस्पतालका कोरोना भाईरस हेर्ने फोकल प्रशन डाक्टर जगदीश जोशीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले स्वास्थ्य कार्यालयमा प्रयोगशाला स्थापनाको काम सुरु गरेको बताए ।

उनले भने–‘मेसिन स्टल र भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै परीक्षणको काम शुरु गछौं ।’ उनका अनुसार उक्त मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिपोर्ट आउनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परीक्षणको लागि काठमाडौं जानुपर्ने छैन । हालसम्म सुदूरपश्चिमका अस्पतालबाट नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो । जस अनुसार अहिले सम्म २६ जनाको परीक्षण गरिएको जसमा एक जनाको मात्र पोजेटिभ देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?