सिमकोट – खाद्यान्न समस्या हुने भन्दै लकडाउनका बेला हवाई यातायातबाट खाद्यान्न ढुवान हुन थालेपछि हुम्लाका स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
यसो गरे कोरोना भाइरसको संक्रमणको खतरा हुन सक्ने भन्दै युवाहरुले विरोध जनाएका हुन् । उनीहरुले तत्काल हवाई यातायात बन्द गर्न स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापन पठाएका छन् ।
सम्भावित संक्रमणबाट जोगिनका लागि देशभर लकडाउन जारी रहेका बेला हुम्लामा खाद्यान्न ढुवानी गर्ने नाममा हवाई जहाजहरु निर्बाध रुपमा चलेकोले त्यसलाई तत्काल रोकेर जिल्लामा संक्रमण भित्रिन नदिनका लागि ज्ञापनपत्र पेश गरेको युवा रबिन कुमार बस्नेतले बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































