भिडभाड कम गर्न सिमकोट विमानस्थलबाट भरियाको साटो ट्र्याक्टरमा खाद्यान्न ढुवानी

भिडभाड कम गर्न सिमकोट विमानस्थलबाट भरियाको साटो ट्र्याक्टरमा खाद्यान्न ढुवानी
+
-

सिमकोट– सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा सरकारले लकडाउनकाबीच हवाई मार्गबाट खाद्यान्न ढुवानी गरिरहेकाे छ।

खाद्यान्न ढुवानी गर्दा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोटस्थित गोदामसम्म ट्याक्टरबाट ढुवानी हुन थालेको छ।

यसअघि विमानस्थलबाट गोदामसम्म मानिसहरुले खाद्यान्न ढुवानी गर्दा भिडभाड बढी हुने देखिएपछि स्थानीय प्रशासनको समन्वयमा ट्याक्टरमा ढुवानी गर्न थालिएको हो।

विमानस्थलबाट ७५ जना मानिसहरुले खाद्यान्न ढुवानी गर्दा अहिलेको कोरोना संक्रमणको त्रासदीका बेला बढी भिडभाड भएपछि ट्याक्टरमा खाद्यान्न ढुवानी गर्ने व्यवस्था गरिएको लिमिटेडका निमित्त प्रमुख शिवराज घिमिरेले बताए।

शनिबारसम्म भरियाले सो खाद्यान्न बोकेर ढुवानी गर्दै आएका थिए। आइतबारबाट विमानस्थलको एप्रोनबाट मुख्य गेटसम्म २० जना भरियाहरुले सामाजिक दूरी कायम गरी खाद्यान्न ढुवानी गर्ने र गेटबाट बजार हुँदै लिमिटेडको गोदामसम्म दुई वटा ट्याक्टरले ढुवानी गर्ने व्यवस्था गरिएको घिमिरेले बताए।

७५ जनाको जम्मो टोलीलाई खाद्यान्न ढुवानी गर्न लगाएपछि लकडाउनका बेला यसका विरोध हुन थालेको थियो। आइतबार मात्र तीन वटा एयरलाइन्सहरुले २२ उडान भरेर ३७५ क्वीन्टल ८७ केजी खाद्यान्न हुम्लामा ढुवानी गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’