हुम्लामा चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा

हुम्लामा चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा
+
-

सिमकोट – हुम्लामा एक चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । केही समय अगाडि कार्यालयको काम र गोष्ठीमा सहभागिता जनाउन जिल्ला बाहिर जानु परेको र फर्कने तयारी गर्दा लकडाउन सुरु भएपछि पैदल हुम्ला आई पुगेका उनीहरु क्वारेन्टाइनमा बस्नु परेको हो ।

क्वारेन्टाइनमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमा सिमकोटमा संञ्चालित हेल्थअस मेडिकल सेन्टरका डाक्टर, खार्पुनाथ गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मी र केही समय अगाडि स्वास्थ्य सेवा कार्यालयमा ओजिटीमा आएका तर हाल पास आउट हुन बाँकी एक अहेब पढेका विद्यार्थी रहेका छन् । उनीहरु मध्ये तीन जना खार्पुनाथ गाउँपालिकामा स्थापना भएको क्वारेन्टाइनमा छन् ।

तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताए । सिमकोटमा रहेका अहेब पढेका विद्यार्थीको अवस्था पनि सामान्य रहेको सिमकोटको क्वारेन्टाइनका सूचना अधिकारी परजित बोहराले बताए ।

तर उनलाई सिमकोटको क्वारेनटाइनबाट वडा अध्यक्षको रोहबरमा वडामा लगिएको छ । हाल क्वारेन्टाइनमा रहेका डाक्टर हर्कसिंह भण्डारीले आफूलाई केही नभएको भएपनि सबैलाई बस्न सहज् होस भन्नका लागि नेपालगंजबाट पैदल आए लगत्तै क्यारेन्टाइनमा बसेको बताए ।

यता सिमकोटको क्वारेन्टाइनमा १३ जना कर्मचारीहरु रहेका छन् । उनीहरु पनि नेपालगंजबाट गाडीमा मुगुसम्म र त्यताबाट पैदल आएका हुन्। उनीहरु बैंक, गैरसरकारी संस्था, शिक्षक र अन्य कार्यालयमा काम गर्ने कर्मचारी हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?