बझाङमा लकडाउनको अवज्ञा गर्दै मेलामा स्थानीयको भिड

बझाङमा लकडाउनको अवज्ञा गर्दै मेलामा स्थानीयको भिड
+
-

धनगढी– बझाङ जिल्लामा मनाइने ऐतिहासिक तथा धार्मीक मेलामा स्थानीयहरुको ठूलो भिड लागेको छ।

सरकारले लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनावश्यक भिडभाड गर्न रोक लगाएको भएपनि बझाङको छविस पाथिभेरा गाँउपालिका वडा नं ३ मा मनाइने ‘बान्नीकी चैतली’मा भने स्थानीयहरुको घुइचो नै लागेको छ।

छबिस पाथिभेरा गाँउपालिकाका स्थानीयले लकडाउनको उलङ्घन गरी सयौँको भिडभाडमा साेमबार ‘बान्नीकी चैतली’ मेला मनाएका छन्।

गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यस पटकको चैतली मेलामा भिडभाड गरी मनाउन रोक लगाउँदा पनि स्थानीयले अटेरी गरेको बताइन्।

उनले आफूहरुले गाँउपालिकाका  विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भए पनि स्थानीयहरु चोर बाटो प्रयोग गरेर मेलामा उपस्थित भएको बताइन्।

यसैबीच चैतली मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद हुँदा १२ जना घाइते भएका छन्। दुबै पक्षबीच ढुंगा हानाहान हुँदा १२ जना घाइते भएको त्यहाँका स्थानीयले बताएका छन्।

मेला स्थलमा प्रहरीको भने उपस्थिति छैन। यहाँ हरेक वर्ष यसै समयमा मेला लाग्ने गर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?